शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

किसानलाई हाते ट्रयाक्टर

किसानलाई हाते ट्रयाक्टर


  • ढोरपाटन संवाददाता
  • असार ६ २०७९, सोमबार

स्याङ्जा/ आँधीखोला गाउँपालिका ३ का ६७ वर्षीय राजु केसीले गाउँपालिकाबाट हाते ट्याक्टर पाएकोमा खुसी छन् । पहिलोपटक हाते ट्याक्टर पाएका केसीले अब कामममा सहज हुने बताए । गोरु पालेर खेतबारी जोत्ने कामबाट मुक्ति मिल्ने पनि उनको भनाइ छ  ।

पालिकाले हरेक वर्ष पालिकाभित्रका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर प्रदान गर्ने गरेकोमा यसपटक ८० जना कृषकलाई प्रदान गरिएको हो । केसीजस्तै वडा नम्बर २ वइयाका सूर्यप्रसाद ढकालले छिमेकीले पाएको हाते ट्याक्टरबाट खेतबारी जोत्ने काम गरेको बताउदै अब आफूले घरको काम सहित छिमेकमा समेत सेवा दिने बताए ।

किसानलाई कृषि पेशाप्रति आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यान्त्रिकीरण र व्यावसायिकरण गर्ने उदेश्यले हाते ट्याक्टर वितरण गरेको गाउँपालिका अध्यक्ष विश्व पौडेलले बताए । गाउँमा गोरु पाल्ने चलन हराएको र काम गर्ने मान्छे पनि नपाउने बताउदै पौडेलले कृषिलाई सरल र सहज बनाउन किसानलाई ट्याक्टर दिएको धारणा राखे । उपाध्यक्ष सीता थापाले ट्याक्टर वितरण कार्यक्रमले कृषि उत्पादनमा ठूलो सघाउ पुग्ने आशा राखिन् । गाउँपालिकाले ५० प्रतिशत अनुदान दिएसँगै किसानले २४ हजार पाँच सयमा हाते ट्याक्टर पाएको गाउँपालिकाका सूचना प्रविधी अधिकृत रोशन लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->