शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

विरुवाको बजेट ४९ करोडको

विरुवाको बजेट ४९ करोडको


  • ढोरपाटन संवाददाता
  • असार १६ २०७९, बिहिबार

स्याङ्जा/ स्याङ्जाको विरुवा गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि ४९ करोड ३ लाखको बजेट पेश गरेको छ । बजेटमा चालू खर्चतर्फ कूल ३१ करोड ४७ लाख ८० हजार र बाँकी पूँजीगततर्फ रहेको छ । पूँजीगततर्फको बजेटमध्ये आर्थिक विकास क्षेत्रमा २२ प्रतिशत, सामाजिक विकास क्षेत्रमा ३० प्रतिशत, भौतिक पुर्वाधार विकास क्षेत्रमा ३५ प्रतिशत, वन वातावरण तथा विपद व्यव्यस्थापन ८ प्रतिशत , संस्थागत विकास तथा सेवा प्रवाह क्षेत्रमा ५ प्रतिशत गरी कुल रु. १७ करोड ५५ लाख २० हजार रकम विनियोजन गरिएको पालिकाकी उपाध्यक्ष भगवती शर्माले जानकारी दिइन् ।

लागत साझेदारीका आयोजनाहरू सम्पन्न गर्नका लागि छुट्टै समपूरक कोषमा रू १ करोड ५० लाख बजेट प्रस्ताव गरेको पनि उनले जनाइन् । पालिकाले बजेटको स्रोततर्फ सरकारबाट वित्तीय समानीकरण अनुदानबाट ९ करोड ६४ लाख, नेपाल सरकारबाट सशर्त अनुदानबाट २२ करोड ०६ लाख, संघीय राजश्व बाँडफाँडबाट ७ करोड ५७ लाख ०७ हजार, प्रदेश वित्तीय समानीकरण अनुदाबाट १ करोड ०६ लाख ९७ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ४३ लाख ९६ हजार, प्रदेश समपुरक अनुदानबाट ७० लाख, प्रदेश सशर्त ५० लाख, संघ विशेश अनुदानबाट १ करोड र संघ समपूरकबाट ९० लाख बचत ४ करोड २५ लाख र आन्तरिक आयश्रोततर्फ ९० लाख रकम प्राप्त हुने जनाएको छ ।

पालिकाले ४० लाखदेखि अधिकतम ४५ लाखका दरले आयोजना तथा कार्यक्रम छनौट वडाले नै गर्ने व्यवस्था मिलाएको छ भने त्यसको लागि ३ करोड ४० लाख बजेट विनियोजन गरिएको छ । विरुवा गाउँपालिकाको समग्र विकासका लागि कृषि, पर्यटन र पुर्वाधार क्षेत्रको विकास नै पहिलो शर्त भएको पालिकाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->