शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पुतलीबजारमा पटके सवारी कर खारेज

पुतलीबजारमा पटके सवारी कर खारेज


  • ढोरपाटन संवाददाता
  • साउन २ २०७९, सोमबार

स्याङ्जा/ स्थानीय सरकारले राजस्वको दायरा बढाउन नयाँ आर्थिक वर्ष सुरु भएसगै पटके सवारी कर उठाउने गरेका छन् । नयाँ आर्थिक बर्ष सुरुवातमा पुतलीबजार नगरपालिकाले भने पटके सवारी कर खारेज गर्ने निर्णय गरेको छ ।

कार्यपालिका बैठकले पुतलीबजार नगर क्षेत्रभित्र सडक उपयोग गरे वापत लिइने शुल्क नलिने निर्णय गरेको हो । गएको आर्थिक वर्षमा विवादमा आएको पटके सवारी कर नयाँ जनप्रतिनिधि आउनासाथ खारेज गर्ने निर्णय भएको हो ।स्थानीय पालिकाले जथाभावी कर लिन थाले भन्ने गुनासो आइरहेका बेला पटके सवारी कर नलिने भन्दै पुतलीबजार नगरपालिकाले यस्तो निर्णय गरेको हो । सवारी कर खारेज गर्ने निर्णय भएसँगै पुतलीबजार नगरवासी खुसी भएका छन् ।

एकै सडकमा ओहोरदोहोर गर्दापिच्छे कर बुझाउनुपर्ने प्रचलनको अन्त्य भएको नगर प्रमुख तुलसीराम रेग्मीले बताए । चुनावी घोषणापत्र अनुरुप पटके सवारी कर खारेज गरेको बताउँदै रेग्मीले स्थानीयको मागलाई सम्वोधन गर्न कर खारेज गरेको बताए ।

यहाँका बाडखोला–दुलेगौडा, प्रगतीनगर–बहाकोट, स्याङ्जा–पुतलीखेत–लाम्पाटा–टिकाजा–सतौं–आरुचौर, प्रगतीनगर–घुम्ति चिसापानी, सुम्रेखोला– नुहारभन्ज्याङ–अर्जुनचौपारी, जाँडखोला–पेल्काचौर, स्याङ्जा बजार–हुनिकोट, पुतलीखेत–ठूलीबेंसी उनियाचौर–नागडाँडा ग्रामीण सडकमा सवारी शुल्कवापतको रकम उठाउन नपाउने गरी निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताए । नगरपालिकाले सूचना प्रकाशित गरेकोमा स्थानीयको गुनासो पश्चात नलिने कार्यपालिकाले निर्णय गरेको हो । विगतमा सडक मर्मत सम्भार भन्दै विभिन्न आठ प्रकारका मुख्य सडकहुँदै भित्री सडक छिर्ने मार्गमा सवारी साधन अनुसारका कर लगाउदै आएको थियो । यसअघि कालिगण्डकी र आधीखोला गाउँपालिकाले कर नउठाउने गरी निर्णय गरेर सूचना समेत प्रकाशन नगरेका हुन् ।

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->