शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गाउँमै सामाजिक सुरक्षा भत्ता

गाउँमै सामाजिक सुरक्षा भत्ता


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०७९, बुधबार

स्याङ्जा/ अजुन चौपारी गाउाँपालिका ६ का मोतीलाल तिवारी ९८ वर्ष भए । राज्यले उनलाई वृद्धभत्ता खुवाउँछ । तर, वृद्धभत्ता लिन सजिलो भने थिएन । घरदेखि ३ घण्टा टाढाको बैंकमा जाउ,लाइन बस ! उनी दिक्क थिए । तर, यो पटक अनौठो भयो । जिप रिजर्भ गरेर मुक्तिनाथ विकास बैंकको शाखा पुग्नै परेन । उनले गाउँमै वृद्धभत्ता पाए ।

तिवारीजस्तै ७२ वर्षीया थमकुमारी पौडेलको अनुभव पनि उस्तै थियो । तीन दिन धाएर भत्ता बुझेकी उनले यो पटक गाउँमै भत्ता बुझिन् । गाउँपालिकाले मुक्तिनाथ विकास बैंकसँगको सहकार्यमा गाउँमै सामाजिक सुरक्षावापतको भत्ता बाँडने मेसो मिलाएपछि उनीहरुको दुःख हटेको हो ।

गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले चुनावताका वृद्धवृद्धालाई गाउँमै भत्ता बुझ्ने व्यवस्था गर्ने वचन दिएका थिए । उनले वचन पूरा गर्ने उपक्रममा बैंकसँग साझेदारी गर्दै पहिलो चरणमा ७० र्षभन्दा माथिकालाई टोलमा भत्ता वितरण गरेका हुन् । थोरै भत्ता लिनको लागि समय र पैसा दुबै खर्च हुने अवस्थाको अन्त्य गर्न यो अभियान चालिएको उनको भनाइ छ ।

उनका अनुसार अब हरेक तीन–तीन महिनामा सबै वडा र टोलमा पुगेर भत्ता वितरण गरिने छ । निर्वाचनपछि जनताको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्ने अर्जुन चौपारी स्याङ्जाको पहिलो गाउँपालिका पहिलो हो । अर्जुनचौपारी गाउँपालिकामा २ हजार ५२३ जना सामाजिक सुरक्षा भत्ता पाउन योग्य जेष्ठ नागरिकमध्ये १ हजार २५१ जना ७० वर्षमाथिका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->