शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जामा पहिलो पटक आग्रीखर्कमा घुम्ति वडा कार्यालय

स्याङ्जामा पहिलो पटक आग्रीखर्कमा घुम्ति वडा कार्यालय


  • अर्जुन काफ्ले
  • साउन ७ २०७९, शनिबार

स्याङ्जा/ सर्वसाधारणको सुविधाका लागि अर्जुन चौपारी गाउँपालिकाले घुम्ति वडा कार्यालयको शुरुवात गरेको छ । वडा कार्यालयबाट भौतिक दुरी टाढा रहेका बस्तिहरुमा वडाका सेवा प्रवाहका लागि घुम्ती वडा कार्यालय सञ्चालनमा ल्याईएको हो ।

यस अघि गाउँपालिकाले टोल टोलमै पुगेर जेष्ठनागरीकलाई भत्ता उपलव्ध गराउने गरेको थियो । गाउँपालिकाको पहलमा वडा नम्बर ३ ले वडा कार्यालयबाट टाढा रहेको आग्रीखर्कमा घुम्ति वडा कार्यालय सुरुवात गरेको जनाएकोे छ ।
वडा कार्यालय सिमलचौरबाट सबैभन्दा टाढा अर्थात सवारीसाधनबाट डेढ घण्टा दुरीमा रहेको टोढाँ आग्रीखर्क पर्वत महाशिला गाउँपालिकासँग जोडिएको गाउँ हो । वडा नम्बर ३ ले आग्री खर्कका पाँच बर्ष भन्दा धेरै पहिलाबाट मोलपोत कर नदिएका ४९ घरधुरीमा घुम्ती वडा कार्यालय मार्फत मालपोत सेवा दिएको हो ।

वडाले पहिलो चरणमा मालपोत कर गाउँमा पुगेर लिएको बताउँदै वडा अध्यक्ष शोभाकान्त काफ्लेले अब जन्म दर्ता, मृत्यु दर्ता, नाता प्रमाणित, सामाजिक सुरक्षा भत्ता दस्ता सेवाहरु एक महिनामा भित्र पुगेर दिने बताए ।
पालिका निर्माण जनतालाई छिटो छरितो सेवा दिने उदेश्यले भएको बताउँदै पालिका अध्यक्ष प्रकाश तिवारीले अब सेवाबाट टाढा रहेका टोलमा पुगेर सेवा दिने बताए ।

पालिकाले सेवा दिएकोमा खुसी ब्यक्त गर्दै आग्रीखर्कका टिकाराम लम्सालले गाउँ गाउँमै सेवा दिएकोमा वडा र पालिकाप्रति अभार प्रकट गरे ।
गाउँबाट दिन थालेको सेवाको लागि एक दिन लगायर वडा कार्यालयबाट दिएको बताउँदै लम्सालले निरन्तर रुपमा सेवा दिन आग्रह गरे ।
६ वटा वटा रहेको पालिकाका दुर्गम रहेका आग्रीखर्क जस्तै राम्चे, निबुवाबोट, सिर्घु, दारेगौडा जस्ता टोलमा पुगेर हरेक महिना जनताका अत्यावश्यक सेवा पालिकाले दिनेछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->