पोखरा, १५ साउन– सहारा क्लब पोखराको आयोजनामा गत माघमा २० औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न भयो । यो प्रतियोगिता आफैमा ऐतिहासिक वर्ष थियो । सहारा क्लब पोखराले निरन्तर आयोजना गरेको प्रतियोगिताको दुई दशक पुगेको थियो भने अर्कातिर एपिएफले प्रतियोगितामा पहिलो पटक उपाधि चुम्दै इतिहास रचेको थियो । रोमाञ्चक त के थियो भने एपिएफको प्रशिक्षक कुमार खड्का मुख्य प्रशिक्षक भएर पोखरा आएको नै पहिलोपटक थियो । अर्को,मनाङ मस्र्याङ्दीमा हुँदा पनि पहिलोपटक क्लबले उपाधि उचालेको थियो । उनको लागि यो ऐतिहासिक क्षण थियो ।
व्यक्तिको हकमा ऐतिहासिक भएको यो प्रतियोगिता आयोजकको लागि पनि ऐतिहासिकमै दर्ज भयो । कोभिड महामारीकै बीच खेलाइएको प्रतियोगितामा दर्शक भएनन् । प्रतियोगिताको सेमीफाइनल र फाइनमा मात्रै दर्शकलाई प्रवेश दिइयो । टिकटबाट हुने आम्दानी घटेसँगै क्लबले घाटा व्यहो¥यो । प्रायोजकको रुपमा संघ÷संस्थाले पनि विना दर्शकको प्रतियोगितालाई सहयोग गरेनन् । क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज ) का अनुसार १९ औं संस्करणमा टिकटबाट मात्रै २२ लाख आम्दानी भएको थियो भने २० औं संस्करणमा आम्दानी घटेर ७ लाख ८६ हजार ८ सय ९० रुपैयाँमा सीमित भयो ।
उनका अनुसार क्लबले कुल १२ लाख ६२ हजार ८२६ रुपैयाँ घाटा व्यहोर्नु परेको छ । ‘हामीलाई प्रतियोगिता घाटामा जान्छ भन्ने नै थाहा थियो । हाम्रो लागि प्रतियोगितालाई निरन्तरता दिनुनै ठूलो कुरा थियो’, उनले भने, ‘दर्शक विना खेलाउँदा टिकटमा मात्रै होइन् सहयोगमा समेत नोक्सान भयो । दुईवटा ठूला संस्थाले विना दर्शकको प्रतियोगिता भनेरै सहयोग गर्नु भएन् ।’ सहारा एकेडेमी संचालनार्थ वर्षेनी प्रतियोगिताको आयोजना गरिँदै आएको छ । ठूलो रकम घाटामा पुगे पनि क्लबले शाखा संस्था सहारा क्लब यूके, हङकङ र अष्टे«लियालाई विशेष अनुरोध गरेको अर्थ संकलन सुनिल गुरुङले जानकारी दिए । उनका अनुसार सहारा यूकेबाट ३ लाख रुपैयाँ हङकङबाट पाँच लाख १ हजार रुपैयाँ र अष्टे«लियाबाट १ लाख रुपैयाँ सहयोग हुँदा क्लबलाई ३ लाख ४७ हजार ८१८ रुपैयाँ घाटा परेको हो । प्रतियोगिताबाट ६६ लाख ४१ हजार १८१ रुपैयाँ आम्दानी भएको र ६९ लाख ८९ हजार रुपैयाँ खर्च भएको उनले बताए ।
२० औं आहा ! रारा गोल्डकपमा विभागीय क्लब एपिएफले मनाङ मस्र्याङदी क्लबलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै उपाधी चुमेको थियो । २०६४ सालमा फाइनल पुगेर नेपाल पुलिस क्लबसँग हार व्यहोरेको एपिएफले १४ वर्षपछि फाइनलको यात्रा तय गर्दै इतिहास रचेको थियो । एपिएफले उपाधिसँगै १० लाख एक हजार रुपैयाँ र मनाङ मस्र्याङदीले पाँच लाख एक हजार रुपैयाँ प्राप्त गरेको थियो ।





