शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

भिरकोटले दियो घरमै पुगेर सामाजिक सुरक्षाभत्ता

भिरकोटले दियो घरमै पुगेर सामाजिक सुरक्षाभत्ता


  • ढोरपाटन संवाददाता
  • साउन १८ २०७९, बुधबार

स्याङजा, १८ साउन– भिरकोट नगरपालिकाले घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । नगरवासीलाई बैकसम्म जान समस्या परेको जनाउँदै नगरपालिकाले घरमा पुगेर भत्ता वितरण गर्न थालेको हो ।
नगरकार्यपालिकाको गत असार १६ को पहिलो बैठकले घरमा पुगेर भत्ता वितरण गर्ने निर्णय गरेको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताए । पालिकाले ज्येष्ठ नागरिक, एकल महिला, विधवा, अपाङ्गता भएका व्यक्ति र दलित बालबालिकालाई भत्ता उपलब्ध गराएको हो ।
ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकालाई गाउँ–गाउँबाट बजारमा रहेको बैकसम्म आउन निकै समस्या भएकाले घर–घरमै लगेर भत्ता उपलब्ध गराएको कर्माचार्यले जानकारी दिए । । नगरपालिकाले गाउँ गाउँमा पुगेर भत्ता बाढेपछि ग्रामीण भेगबाट बैकसम्म पुग्नुपर्ने, बैकमा पुगेर लाइन बस्नुपर्ने समस्या हट्नुका साथै गाडी भाडासमेत बचत भएको छ । सुरक्षा भत्ता वितरणले सामाजिक सुरक्षा भत्ता लिएर घर–घरमा पुग्दा स्थानीय खुसी भएका छन् भने गुनासो, सुझाव प्रत्यक्ष सुन्न र कार्यान्वयनमा लैजानका लागिसहज वातावरण निर्माण भएको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने वडाका सबैको दस्तखतसहितको चेक संकलन गरेर वडाका भत्ता प्राप्त गर्नेको नामावलीसहित वडाको सिफारिस, नगरपालिकाले बैंकलाई गरिदिएको सिफारिसका आधारमा बैकबाट रकम बुझेर घर–घरमै लगेर वितरणको कर्माचार्यले बताए ।
घरमै सामाजिक सुरक्षा भत्ता पाएपछि बजारमा रहेको बैंकसम्म जानुपर्ने बाध्यता हटेको भिरकोट–७ का ८४ वर्र्षीय बृद्धा गंगाराम अर्यालले बताए । भिरकोट नगरपालिकाभित्र एक हजार ९४० जना ज्येष्ठ नागरिक, ३१० जना दलित, एक हजार ७३ जना एकल महिला, पूर्ण अपाङग १०४ जना, अतिअशक्त १४९, दलित बालबालिका ४१५ गरी तीन हजार ९९१ सामाजिक भत्ता लिने रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->