स्याङ्जा/ चापाकोट नगरपालिका ८ क्वामीमा ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका १० भुमरेघाट बस्ने ४५ वर्षीय लोकबहादुर कुँबर रहेको इलाका प्रहरी कार्यालय चापाकोटले जनाएको छ । रामपुरमा होटल गर्ने कुँवर विरामी बुबालाई भेटन् घर आउने क्रममा क्वामीमा ट्याक्टरले ठक्कर दिएपछि घाइते भएका थिए ।
घाइते कुँवरको चापाकोट अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि पोखरा लैजाने क्रमममा बाटो मै मृत्यु भएको डिएसपी खर्क नारायण शाहले बताए । ट्याक्टर र चालकको खोजी भइरहेको र छोरालाई ट्याक्टरले ठक्कर दिएको घटना सुनेपछि कुवरको बुबाको पनि मृत्यु भएको थियो ।




