आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पहिलो चरणको प्रशिक्षक/प्रशिक्षण सुरु

पहिलो चरणको प्रशिक्षक/प्रशिक्षण सुरु


  • ढोरपाटन संवाददाता
  • भाद्र ७ २०७९, मंगलबार

पोखरा/ प्रदेश खेलकुद परिषद गण्डकीले प्रशिक्षकहरुलाई पहिलो चरणको प्रशिक्षक/प्रशिक्षण कार्यक्रमको सोमबारबाट सुरुवात गरेको छ ।
आसन्न नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै परिषदले यस्तो तयारी थालेको हो ।

भदौ ३ गतेबाट पहिलो चरणको प्रशिक्षण प्रारम्भ भएसँगै १४ विभिन्न खेलका र ५ महिला खेलका स्वयंसेवी गरी कास्कीका १९ जना प्रशिक्षकहरुलाई पहिलो पटक यस्तो प्रशिक्षण दिन सुरुवात गरिएको संयोजक खगेन्द्र क्षेत्रीले बताए । सबै जिल्लाका प्रशिक्षकहरुलाई प्रदान गरिने क्षेत्रीले जानकारी दिए । खेलविज्ञ तथा सिनियर प्रशिक्षक सुशील नरसिंह राणा प्रशिक्षणको प्रशिक्षक छन् । प्रशिक्षकलाई आधारभुतरुपमा आवश्यक पर्ने ‘ट्रेनिङ प्लान’, ‘माइक्रो साइकल’ लगायतका विषयमा प्रशिक्षण दिइने छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->