आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकीमा प्याराग्लाइडिङ संघमा दवाडी

गण्डकीमा प्याराग्लाइडिङ संघमा दवाडी

पोखराको प्याराग्लाइडिङ जोगाउन लागिपर्नेछु : दवाडी


  • Dhorpatan News
  • भाद्र ७ २०७९, मंगलबार

पोखरा/ पोखराबाट उदाएको नेपालको प्याराग्लाइडिङको प्रादेशिक संगठन निर्माण भएको छ । प्याराग्लाइडिङ खेलाडी तथा यस व्यवसायमा आवद्ध पर्यटन व्यवसायीको पोखरामा भएको भेलाले गण्डकी प्रदेश प्याराग्लाइडिङ संघ गठन गरेको हो ।

नेपाल प्याराग्लाइडिङ संघ तथा ह्याडग्लाइडिङ संघ (नेफा)को अध्यक्षमा बसन्तराज दवाडी चुनिएका छन् । समितिको उपाध्यक्षमा योगेश भट्टराई र सुनिल भट्टराई, सचिवमा भेनिष थापा, कोषाध्यक्षमा भरतप्रसाद तिमिल्सिना, सदस्यमा कृषु पौडेल र विजय गौतम चयन भएका छन् ।

नवगठित संघका अध्यक्ष दवाडीले साहसिक पर्यटनको गन्तव्यका रुपमा रहेको पोखराको प्याराग्लाइडिङलाई संरक्षण गर्दै साहसिक खेल विकासमा आफू नेतृत्वको टोलीले काम गर्ने बताए । पछिल्लो समय अन्तराष्ट्रिय विमानस्थलका कारण अन्योलमा परेको प्याराग्लाईडिङ जोगाउनका लागि संघले काम गर्ने उनले बताए ।

विमानस्थल सञ्चालनसँगै प्याराग्लाइडिङको भविष्यलाई लिएर पर्यटन व्यवसायी चिन्तित भएकाले विमानको सुरक्षा हुने र प्याराग्लाइडिङ जोगिने उपाय खोजी गर्नुपर्ने उनको माग छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर राष्ट्रको शिर उँचो बनाउने प्याराग्लाइडिङका लागि राज्यले पूर्वाधारमा लगानी गर्नुपर्ने अध्यक्ष दवाडीले बताए । ‘अन्य खेलको जस्तै प्याराग्लाइडिङको खेल पूर्वाधार सरकारले बताउनुपर्दछ, प्याराग्लाइडिङ उडान र अवतरण स्थलमा मैदानलगायतका खेल संरचनामा लगानी गर्नु आवश्यक छ’, उनले भने ।

आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा तय भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङ समावेश छ । पोखराको तोरीपानीमा प्रतियोगिता हुनेछ । पोखरामा दुई दशकअघिदेखि प्याराग्लाइडिङ उडान हुँदै आएको छ । यसबीचमा प्याराग्लाइडिङ गराउने कम्पनीको पाँच दर्जनभन्दा बढी पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->