आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

स्पोट्र्स अवार्डबाट ३ लाख ७४ हजार बचत

स्पोट्र्स अवार्डबाट ३ लाख ७४ हजार बचत


  • ढोरपाटन संवाददाता
  • भाद्र ८ २०७९, बुधबार

पोखरा/ छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ बाट ३ लाख ७४ हजार ८ सय ७६ रुपैयाँ बचत भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले मंगलबार पोखरा रंगशालामा आय व्यय सार्वजनिक गरेको हो ।

पोखरा स्पोर्टस् अवार्ड २०७८ मा कुल २२ लाख ९ हजार १ सय ६३ रुपैयाँ आम्दानी भएको मञ्चकी कोषाध्यक्ष एवं आर्थिक व्यवस्थापन उपसमिति संयोजक कविता घर्ती मगरले जानकारी दिइन् । मञ्चले १८ लाख ३४ हजार २ सय ८७ रुपैयाँ खर्च भएको बताउँदै अझै विभिन्न व्यापारिक प्रतिष्ठान तथा व्यक्तिबाट २ लाख ३९ हजार रुपैयाँ संकलन हुने क्रममा रहेको तथा सो मध्ये १ लाख ३ हजार १ सय २३ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेका खुलाइन् ।

मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ । छैटौं सस्करणको अवार्डबाट वर्ष पुरुष खेलाडी लन टेनिसका प्रदिप खड्का र वर्ष महिला खेलाडी अरुणा शाही सम्मानित भएका थिए । उनीहरुले एक–एक थान ईलेक्ट्रिक स्कुटर प्राप्त गरेका थिए । लाइफटाइम अचिभमेन्ट अवार्डबाट पूर्वराष्ट्रिय बक्सिङ खेलाडी गणेश बहादुर भट्टराईलाई सम्मान गरिएको थियो । यस्तै वर्ष उत्कृष्ट उदीयमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठ, वर्ष उत्कृष्ट प्रशिक्षकमा टेनिसका निरज थापा, वर्ष उत्कृष्ट खेल संघबाट तेक्वान्दो संघ गण्डकी प्रदेश र वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड कान्तिपुरकर्मीले दीपक परियारले प्राप्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->