आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

रंगशालाको स्वास्थ्य केन्द्र नियमित सञ्चालनमा

रंगशालाको स्वास्थ्य केन्द्र नियमित सञ्चालनमा


  • ढोरपाटन संवाददाता
  • भाद्र ८ २०७९, बुधबार

पोखरा/ पोखरा रंगशालास्थित खेलकुद स्वास्थ्य केन्द्रलाई नियमित रुपमा सञ्चालन गरिने भएको छ ।

नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै स्वास्थ्य केन्द्रलाई नियमितरुपमा सञ्चालन गर्न लागिएको प्रदेश खेलकुद परिषद गण्डकीले जनाएको हो । नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषदद्वारा गठित स्वास्थ्य उपसमितिको बैठकले नवौं राष्ट्रिय खेलकुदलगायत प्रदेश र जिल्ला छनोट लाई मध्यनजर गर्दै खेलाडीहरुको लागि स्वास्थ्य केन्द्र नियमित गर्ने निर्णय गरेको हो ।

नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषदद्वारा गठित स्वास्थ्य उपसमितिको बैठकमा सदस्य सचिव गुरुङले स्वास्थ्य केन्द्रमा खेलाडीहरुको सहज पहुँच हुनुपर्नेमा जोड दिए । प्रदेश खेलकुद परिषदकी सदस्य तथा उपसमितिका संयोजक विष्णुमाया गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा लामो समयदेखि पोखरा रंगशालामा स्पोर्टस मेडिसिन सेन्टरका लागि आवाज उठाउँदै आएका पोखरा माटेपानीस्थित सेवा अस्पतालका अर्थोपेडिक सर्जन डा. पदम खड्का निजी अस्पतालहरुको छाता संस्था अफिनको केन्द्रीय अध्यक्षमा निर्वाचित भएकोमा बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । डा खड्का उपसमितिका सल्लाहकार हुन् ।

उपसमितिको बैठमा सिनियर फिजियोथेरापिष्ट तथा सल्लाहकार डा.खडकसिंह गुरुङ, नेपाली सेना फूलबारी व्यारेकका सेनानी जीवन पौडेल, सोही व्यारेकका स्वास्थ्य प्राविधिक सुवेदार राजेश केसी, उपसमितिका सदस्यहरु शुभकन्या गुरुङ, राजन बडगामी, किरण गुरुङ र मुना थापा सहभागी थिए । पोखरा रंगशालामा सञ्चालन गरिएको स्वास्थ्य केन्द्रमा हाल एक जना स्वयंसेवी परिचारिका नियुक्त गरिएको छ भने थप चिकित्सक र फिजियोथेरापिष्टसहितको जनशक्तिका लागि आवश्यक पहल भइरहेको प्रदेश खेलकुद परिषदले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->