पोखरा/ पोखराका अभिषेक बास्तोलाले अमेरिकाको ओहायोस्थित कोलम्समा जारी युनिभर्सल टेनिस रेटिङअन्तर्गत चौथो चरणमा प्रवेश गरेका छन् । उनी शुक्रबार अमेरिकाका म्याक्सवेल सेल्डोनसंग प्रतिस्पर्धा गर्ने भएका छन् । बास्तोलाले यसअघि एक खेलमा जित निकालेका थिए भने एक खेलमा पराजय व्यहोरेका छन् ।
बिहीबार राति भएको तेश्रो चरणाको खेलमा उनले अमेरिकन खेलाडी जे.ट्रन्ड्सनलाई ४–६,६–० र ६–२ ले पराजित गरे । मंगलबार उनी जापानिज खेलाडी जेम्स टेर्टससँग ६–०,६–२ को सेटमा पराजित भएका थिए ।
प्रतियोगिताको विजेता खेलाडीले ३ हजार ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा हाइयष्ट रेटिङप्राप्त २० खेलाडी उपाधि भिडन्तमा छन् ।





