पोखरा/ नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कास्कीले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना गरेको महिला डोरी तान् प्रतियोगिताको उपाधि हिमला आमा समूहले हात पारको छ । महिला डोरी तान् प्रतियोगितामा हिमला आमा समूह पोखरा २७ ले पहिलो स्थानसँगै नगद ७ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए ।
कुल २४ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा बगर महिला समूह पोखरा १ ले दोश्रो स्थानसहित नगद ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयोभने पोखरा २६ मा रहेको जनकल्याण महिला समूहले तेश्रो स्थान सहित नगद ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो ।
कुल २० जना सहभागितता रहेको एकल महिला नृत्यतर्फ तारा नेपाली प्रथम, सोनिया बानिया दोश्रो, सीता परियार( मादी) तेश्रो र पवित्रा भुषालले शान्तवना स्थान हासिल गर्न सफल भइन । प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र शान्तवना स्थान हासिल गर्नेले क्रमशः नगद २ हजार, १ हजार ५ सय,१ हजार र ५ सय प्राप्त गरे ।





