शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

भ्रष्टचारीलाई जेलमा कोच्ने रवि लामिछानेको उद्घोष

भ्रष्टचारीलाई जेलमा कोच्ने रवि लामिछानेको उद्घोष


  • ढोरपाटन संवाददाता
  • भाद्र १८ २०७९, शनिबार

स्याङ्जा/ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भ्रष्टचारीलाई जेलमा कोच्न चेतावनी दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार वालिङमा आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले आफूलाई ठूला दल हँु भन्नेहरुले जनताको हितमा काम गर्न नसकेकोले स्वतन्त्र पार्टीको स्थापना गरेको जिकिर पनि गरे ।ठूला दलको नेता भन्न रुचाउनेहरुका कारण नै देश वर्वाद हुने स्थितिमा पुगेको बताउँदै उनले भने,‘अहिलेका दलहरुले भ्रष्टाचारको कुनै पनि फाइल खोल्दैनन्, किनभने एकले एउटा फाइल खोल्दा अर्कोले अर्को फाइल खोल्ने भयले अहिलेका दलहरु तैँ चुप मै चुपको अवस्थामा छन् ।’ देशको विकासको लागि र नेपाली जनतालाई अन्धकारमा राख्नेहरुलाई जेलमा कोच्न पनि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वको सरकार आवश्यक रहेको उहाँको भनाइ थियो ।

देशमा बढ्दै गएको अराजकता हत्या हिंसा र बलात्कारका घटना बढ्दै जादा पनि बलात्कारीलाई दलीय संरक्षण दिएर जोगाउँनु दुःखद भएको उनको जिकिर थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->