आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : प्रतियोगिताविनै खेलाडी छनोट

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : प्रतियोगिताविनै खेलाडी छनोट

खेल सामग्री नै नभएपछि त्यसै नाम सिफारिस ।


  • विजय नेपाली
  • भाद्र १९ २०७९, आइतबार

पोखरा/गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि धमाधम छनोट खेलहरु भइरहेका छन् । गण्डकी प्रदेशले छनोट खेललाईसमेत तडकभडकका साथमा सुरु गरेको छ । यतिमात्रै होइन, छनोट खेललाई गण्डकी प्रदेश खेलकुद प्रतियोगिताको रुपमा अघि बढायो । तर, सुटिङ खेललाई भने वेवास्ता ग¥यो । विना छनोट खेल खेलाडीको नाम सिफारिस भयो ।

गण्डकीका लागि ११ मध्ये २ जिल्ला बागलुङ र कास्कीबाटमात्रै खेलाडीको नाम सिफारिस भयो । लमजुङबाट पनि विराज गुरुङले पिस्टोलका (पेस्तोल) लागि आफ्नो इच्छा देखाए । खेल नै नभएपछि उनी गण्डकीको टिममा परेनन् । उनी टिममा नपरेर दुःखी छैनन्,दुखी छन् त केबल जिल्ला र प्रदेश छनोट खेल नभएका कारण । उनी भन्छन्, ‘प्रदेशमा छनोट खेल त हुनुपर्ने हो । छनोट खेल भए पो यहाँ नयाँ खेलाडी पनि आउन सक्छन्।’ उनले सुटिङ अन्य खेल जस्तो ताकतको भरमा खेल्ने गरेपनि सुटिङ बढी प्रशिक्षण र दिमागले खेलिने हुँदा खेल हुन आवश्यक रहेको छ ।

सुटिङको व्यवस्थापकको रुपमा गण्डकी छनोटका लागि आएकी कल्पना श्रेष्ठले सुटिङका लागि आवश्यक कुनै खेल सामग्री नै नरहेको सुनाइन । ‘हामी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको गण्डकी प्रदेश छनोटका लागि आएका थियौँ । यहाँ सुटिङका लागि आवश्यक पर्ने राइफल, पेस्तोल, गोली र रेन्ज केही पनि छैन्’, उनले भनिन्,‘एउटा छनोट खेल गर्नका लागि केहि छैन् । यत्तिकै मौखिक रुपमा यो–यो, फलानो फलानो भनेर नाम राखेको छ । कमसेकम यत्रो छनोट हुने बेलामा एउटा खेलकुद सामग्री त हुन प¥यो ।’

उनले गण्डकी प्रदेशले छनोटका लागि झारा टार्नेमात्रै काम गरेको देखिएको सुनाइन् । श्रेष्ठका अनुसार ११ जिल्लाकै खेलाडी नआए पनि जति जिल्लाको आउँछन त्यति जिल्लाको खेलाडीहरुबीच प्रतिस्पर्धा हुनुपर्ने थियो र सोही आधारमा छनोट हुनुपर्ने हो । तर, सामग्री उपलब्ध गराउन नसकेपछि त्यतिकै राष्ट्रिय प्रतियोगिताका लागि नाम राख्न बाध्य भएको बताइन । छनोट गरिएका खेखाडीहरु २ जिल्लाका मात्रै रहेका छन् । छनोट टोलीले वागलुङबाट ९ र कास्कीबाट ३ जना गरी १२ जना खेलाडीको नाम राखेको उनले जानकारी दिइन् ।

नवौंका लागि गण्डकी प्रदेश सुटिङ प्रशिक्षकका लागि आएकी ओलम्पियन खेलाडी भगवती खत्रीले विना खेल छनोट गर्न बाध्य भएको सुनाइन् । सुटिङ खेल काठमाडौं लैजाने कुरा चलिरहँदा वागलुङमा सुटिङ रेन्ज रहेको उनको भनाइ छ । आफुले खेलाडीलाई पूर्वाधार विनानै प्रशिक्षण गराउन बाध्य भएको बताइन् । ‘हामी छनोट गर्न मात्रै होइन्, विना खेल सामग्री प्रशिक्षण गराउन बाध्य भएका छौँ’ उनले भनिन्, ‘म यहाँ कतिपटक आएँ । कति आग्रह गरेँ छनोट खेलका लागि एउटा पेस्तोल र राइफल पनि झिकाउन सकिएन् ।’ उनका अनुसार आठौं राष्टि राष्ट्रिय खेलकुद र विभिन्न राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको खेलाडीहरुको रेकर्डको आधारमा छनोट गरिएको हो ।
आफूले खेलाडीलाइ अहिले होल्डिङ गर्ने काम मात्रै गराइराखेको सुनाइन ।

अघिल्ला प्रतियोगिताहरुमा भन्दा अहिले निकै समस्या आएको उनले बताइन । खेलाडीले खाली होल्डिङ गर्न मात्रै गर्न परेको तर गोली प्रहार गर्न नपाएको उनको भनाइ छ । गण्डकी प्रदेश पहिला देखी नै पिछडिएको बताउँदै उनले आफूहरुले केही पनि बुझ्न नसकेको गुनासो पोखिन । ‘गन ल्याउन त्यति सहज छैन् । निकै गाह्रो छ । के कसरी कहाँ मिलेको छैन त्यो मलाइ पनि थाहा छैन् । हामीलाइ त के थाहा हुन्छ र ?’, उनले भनिन्,‘पहिला त हामीले एउटा पेस्तोल र राइफल झिकाउँथ्यौँ त्यहिले छनोट गराएर खेलाडी लिएर जान्थ्यौँ हरेक प्रतियोगितामा । अहिले त्यही पनि भएन् ।’ उनले गन चलाउनका लागि इलेक्ट्रोनिक पुली नभएको र राइफल र पेस्तोल ग्याँसवाला हुने बताइन । उनका अनुसार १० मिटरको सुटिङका लागि इलेक्ट्रोनिक पुली उपलब्ध भएमा राइफल र पेस्तोल उपलब्ध हुने भएपनि गण्डकीमा इलेक्ट्रोनिक पुली (उपकरण) नभएकै कारण अन्य सामग्री समेत आउन सकेन ।

उक्त पुली नेपालमा नपाउँदा समस्या आएको उनले बताइन । ‘नेपालमा इलेक्ट्रोनिक पुली पाइएन् । भारतबाट मगाउनुपर्छ । तर, भारतीय भ्याटले हुँदैन रे, नेपाली खरिद गरेकै हुनुपर्ने भनेपछि हामी रोक्कियौँ’, उनले भनिन् । बागलुङ जिल्लाले सुटिङ रेन्ज नै बनाएर प्रतियोगिता गर्ने कोसिममा रहेको पनि सुनाइन् । अहिले पनि सोही कामका लागि खटिएको उनले बताइन् । उनका अनुसार बागलुङ जिल्ला सुटिङ संघले आफ्नै खर्चमा पुली मगाउने तयारी गरिरहेको छ । ‘हामीले गर्दागर्दै पनि खै किन नभएको हो ? उहाँहरु नै जान्नुहुन्छ । हामी त खेलाडी हो खेलाडी लिएर आएका हौँ’, उनले सुनाइन्, ‘उहाँहरुले गन झिकाउनु हुन्थ्यो त त्यही अनुसारको छनोट हुन्थ्यो अब सकिएन । नसकेपछि सोही अनुसार गर्न प¥यो ।’

सुटिङका लागि यएर पेस्टोल महिलातर्फ श्रीया केसी, निशा पौडेल र रेनु रिजाल रहेकी छिन् । पुरुष तर्फ केवि पुन, विजय कार्की र विनोद पुन रहेका छन् । एयर राइफल महिलातर्फ स्वस्तिका पौडेल, करिश्मा बस्नेत र नितिका गिरी तथा पुरुष तर्फ सनम क्षेत्री, सन्दीप गाह र ऋषिकेश शर्मा रहेका छन् ।

सुटिङको महिला तर्फ ४० गोली १ घण्टामा प्रहार गर्नुपर्ने हुन्छ । जसमा ६० पूर्णाङ्क हुन्छ । यस्तै पुरुष तर्फ ६० गोली सवा १ घण्टामा प्रहार गर्नुपर्ने हुन्छ । जुन ६ सय पूर्णाङ्कको हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->