म्याग्दी/ब्याडमिन्टन संघ म्याग्दीको २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न भएको अधिवेशनबाट हिमालय कार्कीको अध्यक्षतामा चयन भएको समितिमा प्रथम उपाध्यक्षमा कुलदिप जुग्जाली, द्धितिय उपाध्यक्ष राज जुग्जाली, सचिव बिक्रम सुबेदी, सह–सचिव भरत थापा, कोषाध्यक्ष टिकप्रसाद पुर्जा र सहकोषाध्यक्ष सोमा बुढामगर रहेका छन् ।
त्यसैगरी समितिको सदस्यहरूमा खड्क केसी,अमित बानियाँ, सन्दिप अधिकारी,सुरेन्द्र हमाल, निरज भण्डारी,भुपेन्द्र कार्की,भुवन बुढाथोकी, सुरेन्द्र अधिकारी, मदन मल्ल, हरीदेवि गौचन, रश्मिन राना, रोमन्त बानियाँ, अशोकुमार शाही र विजय शेरमजा रहेको सहसचिव थापाले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष कार्कीले जिल्लाका सबै स्थानीय तहलाई समेटेर कार्यसमिति चयन गरिएकाले सबै क्षेत्रमा प्रतियोगितासहित विभिन्न कार्यक्रम गरिने बताए ।
पछिल्लो समय म्याग्दी ब्याडमिन्टनको प्रदेशस्तरीय खेलमा उत्कृष्ट हुने गरेको छ भने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा म्याग्दीले राम्रो खेल देखाउन सफल भएको थियो ।
यसैबीच संघको संस्थागत विकासका लागि अध्यक्ष कार्की ५ हजार, प्रथम उपाध्यक्ष जुग्जाली १० हजार, द्धितिय उपाध्यक्ष जुग्जाली ५ हजार आर्थिक सहयोग गरेका थिए । संघले दशैंतिहारको अवसरमा धौलागिरीस्तरीय बि लेबल डवल र सिंगल प्रतियोगिताको आयोजना गर्ने जनाएको छ ।





