आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङमा आइटीएफ तेक्वान्दो र म्याग्दीमा महिला भलिबल

बागलुङमा आइटीएफ तेक्वान्दो र म्याग्दीमा महिला भलिबल


  • ढोरपाटन संवाददाता
  • भाद्र ३० २०७९, बिहिबार

पोखरा/गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेल स्थल र खेल तालिका सार्वजानिक भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने प्रतियोगिताको खेल तालिकासँगै पहिलोपटक डिजिटिल प्रविधिको प्रयोग समेत गरिने भएको छ ।

बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै खेल तालिका तथा नवौं खेलकुदसम्बन्धी एप तथा वेवसाइटको सार्वजानिक गरिएको छ । नेपाली खेलकुदको इतिहासलाइ आधुनिक प्रविधिसँग जोड्न वेवसाइट तथा एप प्रयोगमा ल्याइएको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले जानकारी दिए । उनले गण्डकी प्रदेशमा हुने खेलकुद अब कुनै बहानामा नरोकिने बताए । ‘अब हामीले नवौं राष्ट्रिय खेलकुद सानदार तरिकाले सम्पन्न गर्न सक्छाँै । विगतमा कागजी तरिकाले रिपोर्ट बनाउने बाध्यतालाई हटाउँदै अब प्रविधिसँग जोडेका छौँ’, उनले भने,‘सबै कुरालाई सहज बनाउँदै लैजाने प्रयास गरेका छौँ ।

उनले प्रदेशहरुले सुरुवातमा खेल छनोटबारेमा नबुझे पनि समन्वय तथा सहकार्य गर्दै सबै कुरा स्पष्ट पारिएको जिकिर गरे । यसअघि राखेपले नै जिल्लादेखि प्रदेश छनोट गर्ने गरेकोमा नयाँ ऐनले प्रदेशलाई नै छनोट अधिकार दिएको बताए । ‘विगतमा राखेपले नै छनोट गर्ने अवस्था थियो । नयाँ ऐन बनेपछिको पहिलो प्रतियोगिता हो । संघीयताको पनि पहिलो खेल हो’, उनले भने, ‘प्रदेशले सुरुमा नबुझेका कारण समस्या आएको हो । अहिले सबै प्रदेशले बुझी सके । हामीले त सानो सहयोग मात्रै गर्ने हो,बाँकी काम त प्रदेशकै आन्तरिक स्रोतबाट तयार गर्ने हो ।’

राखेप सदस्य सचिव टंकलाल घिसिङले यप्रतियोगिता एसियन च्याम्पियनसीप र ओलम्पिकका लागि खेलाडी छनोटको एक चरण रहेको बताए । उनले नवौं प्रतियोगितामात्रै नभइ राष्ट्रिय टिममा प्रवेश गर्ने महत्वपूर्ण मार्ग रहेको सुनाए । प्रतियोगितामा सहभागी खेलाडीको अनलाइन दर्ता गराउँदा कुन खेलाडी कति वर्षको र कुन खेल खेलेको भन्ने विवरण राख्न निकै सजिलो हुने उनको भनाइ थियो ।

यस्तै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्राविधिक उपसमितिका सचिव हिमाल दाहालले गण्डकी प्रदेशका ११ जिल्लामा नै खेल गराउने प्रयास भएपनि सम्भव नभएको बताए । उनले वाध्यात्मक परिस्थितिका कारण पोखरा केन्द्रित भएर खेल खेलाउनु पर्ने अवस्था आएको सुनाए । पूर्वाधार निमार्ण सम्पन्न नभएकाले आफुहरुले पोखरामा ३६ खेलका ३६ इभेन्ट गराएको उनले बताए ।

राष्ट्रिय खेलकुद प्रतियोगितामा यो सबैभन्दा बढी खेल समावेश भएको प्रतियोगिता रहेको राखेप सदस्य तथा खेलस्थल उपसमिति संयोजक राजेश गुरुङले जानकारी दिए । उनले आफूहरुले प्रदेशका सबै जिल्लामा प्रतियोगिता गराउन चाहे पनि त्यो सम्भव हुन नसकेकोमा दुःख लागेको बताए ।

गण्डकी प्रदेशमा आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । ३६ खेलका ४६ इभेन्टमध्ये पुरुष क्रिकेट र सुटिङ काठमाडौंमा हुनेछ । पुरुष क्रिकेट भने अहिले चलिरहेको छ । यस्तै, म्याग्दीमा महिला भलिबल, नवलपुरमा महिला तथा पुरुष सेपाक्टाक्रो र कुस्ती हुनेछ । पर्वतमा कराते, बागलुङमा आइटीएफ तेक्वान्दो र गोर्खामा बुद्धिचाल प्रतियोगिता हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->