आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

महिला बास्केटबल खेल तनहुँमा गर्न माग

महिला बास्केटबल खेल तनहुँमा गर्न माग


  • ढोरपाटन संवाददाता
  • असोज ४ २०७९, मंगलबार

पोखरा/ गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको महिला बास्केटबल खेल तनहुँ जिल्लामा गर्न जिल्लावासीले माग गरेका छन् । प्रतियोगिताको खेल तालिका प्रकाशन गर्दा तनहुँमा कुनै पनि खेल नपरेपछि उनीहरुले यस्तो माग गरेका हुन् ।

खेल मैदान व्यवस्थापन समिति तथा विभिन्न प्राविधिक टोलीले खेल स्थलको अवलोकन गर्दापनि तनहुँमा खेल नपरेकोमा उनीहरुको गुनासो छ । यस्तो गुनासो आएपछि सोमबार खेल मैदान व्यवस्थापन उपसमिति संयोजक तथा राष्ट्रिय खेलकुद परिषदका सदस्यसमेत रहेका राजेशकुमार गुरुङ दमौली पुगेका थिए । दमौली पुगेर गुरुङले गण्डकी प्रदेशका पूर्वमन्त्री हरिबहादुर चुमान, व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेसहितको उपस्थितिमा छलफल गरें ।

छलफलमार्फत व्यास नगरपालिकामा रहेको निर्मल माध्यामिक विद्यालय प्राङ्गणमा भएको बास्केटबल कोर्टमा केही भौतिक पुर्वाधार थप गरि खेल सञ्चालन गर्न उपयुुक्त हुने निष्कर्ष निकालिएको छ । खेल मैदान व्यवस्थापनको लागि आवश्यक प्रवन्ध व्यास नगरपालिकाले मिलाउने मेयर न्यौपानेले प्रतिवद्धता जनाए । नवौैं राष्ट्रिय खेलकुद प्रतियोगिता यहीं असोज २८ गतेबाट कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुदैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->