कास्की/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भोलिबाट ह्याण्डबलका खेलहरु सुरु हुने भएको छ ।
पहिलो खेलमा गण्डकी प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । आठौंं राष्ट्रिय खेलकुदमा गण्डकी स्वर्ण पदक विजेता थियो भने नेपाल आर्मीले कास्य पदक जितेको थियो । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत २० औं राष्ट्रिय पुरुष तथा ११ औं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको खेल तालिका अनुसार पुरुषतर्फ समुह ‘ए’मा गण्डकी, बाग्मती, मधेश प्रदेश, आर्मी र कर्णाली प्रदेश रहेका छन्भने समूह ‘बी’मा एपीएफ, लुम्बिनी, प्रदेश नं १ र सूदूर पश्चिम छन् । त्यसैगरी, महिलातर्फ समुह ‘ए’मा एपीएफ, लुम्बिनी, सूदूर पश्चिम र गण्डकी तथा समुह ‘बि’मा नेपालआर्मी, प्रदेश नं १, बागमती, मधेश प्रदेश र कर्णालीप्रदेश रहेका छन् ।





