आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

महिला क्रिकेट सुरु, मधेश र बागमती प्रदेश विजयी

महिला क्रिकेट सुरु, मधेश र बागमती प्रदेश विजयी


  • ढोरपाटन संवाददाता
  • असोज २४ २०७९, सोमबार

पोखरा/ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेट प्रतियोगितामा मधेश र बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा आइतबार भएको पहिलो खेलमा मधेशले आयोजक गण्डकी र बागमतीले सुदुरपश्चिम प्रदेशलाई हराएको हो । आइतबार भएको उद्घाटन खेलमा मधेश प्रदेशकी अनुराधा चौधरी चम्किदा गण्डकी ४० रनले हार व्यहोर्नु परेको हो ।

मधेश प्रदेशले दिएको ७८ रनको लक्ष्य पाएको गण्डकी १९ ओभरमा ३७ बनाउँदै अलआउट हुन पुग्यो । खराब प्रदर्शनी गरेको गण्डकी प्रदेशका लागि शिला क्षेत्रीले १० रन बनाउनु नै सर्वाधिक रन बन्न पुग्यो । अन्य कुनैपनि व्याट्सउमनले दोहोरो अंक जोड्न सकेनन् । ओपनर सृजना पौडेलले ३६ बलमा ७ रनमात्रै बनाइन् । अर्की ओपनर कुसुम गोदार पहिलो बलमा नै एलबीडब्लु भइन् । ज्योत्सिना मरासिनी ५ रनमा, कप्तान सृष्टि जैसी ३ तथा अञ्जली विश्वकर्मा र सिमाना केसी समान २/२ रनमा आउट भए । सुजिता थापा र श्रद्धा गुरुङ शुन्यमै आउट भए । अनुराधा चौधरीले ४ ओभरमा १ मेडन राख्दै ८ रन खर्चेर ४ विकेट लिइन् । कविता गौतम र शान्ती चौधरीले समान २÷२ विकेट लिए । सन्तोषी चौधरीले एक विकेट लिइन् ।

यसअघि टस हारेर व्याटिङको निम्तो पाएको मधेश प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ७७ रन जोड्न सफल भएको थियो । खराब सुरुवात गरेको मधेशले ओपनर द्वय अनुराधा चौधरी र सबनम खातुन शुन्यमै गुमाउन परेको थियो । मधेस प्रदेशकी सरस्वती कुमारीले सर्वाधिक १५ रनको योगदान दिईन् ।

उनले २७ बलमा १५ रन बनाउँदै नटआउट रहिन् । साना प्रविन र एलिसा यादवले समान १४÷१४ रनको योगदान दिए । सानाले १४ बलमा १ चौका प्रहार गरिन् भने एलिसाले २२ बलमा १ चौका प्रहार गरिन् । रोजी कडारी ९ रनमा नटआउट रहिन् । उनले १४ बलमा ९ रन बनाइन् । सन्तोषी चौधरी र शान्ती चौधरीले समान ८ रन बनाए । गोमा आले १ रनमा रनआउट भइन् । कप्तान कविता गौतम, अनुराधा चौधरी, सबनम खातुन शुन्य रनमा आउट भए ।

गण्डकी प्रदेशकी आकृति तिवारीले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिईन् । कुसुम गोदारले दुई तथा सृष्टि जैसी र शिला क्षेत्रीले समान एक विकेट लिए । खेलमा मधेशका अनुराध चौधरी प्लेयर अफ द म्याच भइन् ।

दोस्रो खेलमा बागमतीले सुदुरपश्चिमलाई ८ विकेटले पराजित गरेको छ । ७२ रनको लक्ष्य पाएको बागमतिले १३.१ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो । सुमन खतिवडा ११ र आरती विडारी ३ रनमा नटआउट रहे । पहिलो विकेटका लागि ओपनर अस्मिना खरेल र कन्चन श्रेष्ठले १०.४ ओभरमा ४७ रनको उत्कृष्ट साझेदारी गरे । २६ बलको सामना गरेकी खरेल ९ रनमा र कन्चन २५ रनमा रन आउट भईन् । ४४ बलको सामना गरेकी कन्चनले १ चौका प्रहार गरिन् ।

बागमतिले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदुरपश्चिम प्रदेश १८ दशमलव २ ओभरमा ७१ रन जोड्दा अलआउट हुन पुग्यो । अनु कडायतले जोडेको २२ रन नै सुदुरपश्चिमका लागि सर्वाधिक रह्यो । उनले २३ बलमा २ चौका प्रहार गर्दै २२ रन जोडिन् । अन्य ८ ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । ओपनर रुबी पोडार १२, कप्तान बिन्दु रावल ५ रनमा आउट भइन् । रुवीले २१ बलमा १ चौका प्रहार गरिन् । रावल ५ बलमा एलबीडब्लु हुँदै आउट भइन् । यासु पाण्डे ७ रनमा, यशोदा विष्ट र सवित्री धानु शुन्य रनमा आउट भए । रितु कनौजिया ३ र डोली भट्ट २ रनमा तथा स्नेहा महरा ५ रनमा रन आउट भईन् ।

बागमति प्रदेशकी सोनी पाख्रिनले ४ ओभरमा १३ रन खर्चेर ५ विकेट लिइन् । खुसी डंगोलले २ तथा कृष्मा गुरुङ र अस्मिता खरेलले समान १÷१ विकेट लिए । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिष्दका सदस्य सचिव टंकलाल घिसिङ तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले संयुक्त रुपमा गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->