बेनी/ म्याग्दीको बेनीमा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ । आज सुदूरपश्चिम प्रदेशसंग भएको क्वाटरफाइनल प्रतियोगितामा सोझो तीन सेटमा विजयी हासिल गर्दै बागमती सेमिफाइनलमा प्रवेश गरेको हो ।
सुदूरपश्चिमसँग बागमतीले २५–१२, २५–१५ र २५–२३ को खेलमा नतिजा आफ्नो पक्षमा निकालेको हो । आजै भएको पहिलो क्वाटरफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी प्रदेशलाई सोझो तीन सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरिसकेको छ ।
आज नै सेमिफाइनल प्रवेशका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा गण्डकी प्रदेश र प्रदेश नम्बर १ बिच प्रतिस्पर्धा हुँदै छ ।





