आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नवौं राष्ट्रिय खेलकुद : पुरुष खोखो सेमिफाइनल समीकरण पूरा

नवौं राष्ट्रिय खेलकुद : पुरुष खोखो सेमिफाइनल समीकरण पूरा


  • ढोरपाटन संवाददाता
  • कार्तिक १ २०७९, मंगलबार

पोखरा/नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भइरहेको खोखो प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । जसमा ग्रुप ‘ए’बाट समूह विजेता बन्दै विभागीय टिम नेपाल आर्मी र उपविजेता बागमती प्रदेश सेमिफाइनलमा पुगेका छन् ।

त्यस्तै, ग्रुप ‘बि’बाट समूह विजेताका रुपमा लुम्बिनी प्रदेश र उपविजेताका रुपमा प्रदेश नं. १ सेमिफाइनलमा प्रवेश गरेका छन् । ४ वटै टिम बुधबार पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा फाइनल प्रवेशका लागि भिड्ने भएका छन् ।

राउन्ड रोबिन आधारमा भइरहेको प्रतियोगिताको सेमिफाइनलअन्तर्गत बुधबार बिहान समूह ए का विजेता आर्मी र ग्रुप बि का उपविजेता प्रदेश नं १ र दोस्रो खेलमा समूह बि का उपविजेता र समूह ए का विजेता पुरुष टोलीबीच हुनेछ ।

असोज ३० गतेबाट सुरु भएको खोखो प्रतियोगितामा २ विभागीयसहित ९ टिम सहभागी थिए । खेल कात्तिक ३ गते सकिनेछ । महिला टोलीको समूह चरणको अन्तिम खेल रंगशालामा भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->