पोखरा/नवौं राष्ट्रिाय खेलकुद अन्तर्गत जारी पुरुष भलिबलमा लुम्बिनी प्रदेश र नेपाल एपीएफ क्लबबीचको खेलमा लगातार तीन खेलाडी घाइतेभएपछि खेल अवरुद्ध भएको छ । पोखरा रंगाशालास्थित भलिबल कोर्टमा जारी खेलको तेस्रो सेटमा एपीएफका रुपिन्द्र गैरे र टेकराज अवस्थी घाइते भए । त्यस्तै, लुम्बिनीका बिजय परियार घाइते भएका हुन् ।





