सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नवौं राष्ट्रिय खेलकुद : ८८ स्वर्ण जितेको आर्मी अग्रस्थानमा

नवौं राष्ट्रिय खेलकुद : ८८ स्वर्ण जितेको आर्मी अग्रस्थानमा


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०७९, बुधबार

काठमाडौं/ गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले अग्रता कायम राखेको छ ।

नवौं राष्ट्रिय खेलकुदको पाँचौं दिन हिजोसम्म आर्मीले ८८ स्वर्ण पदक जित्दै पदक तालिकामा अग्रता कायम राखेको हो। आर्मीले ५८ रजत र ३९ कास्यसहित कुल १८५ पदक हात पारेको छ । दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले ३७ स्वर्ण, ३१ रजत र ४० कास्य पदक सहित १०८ पदक जितेको छ ।

अर्को विभागीय टिम एपीएफले ३१ स्वर्ण, ३४ रजत र ५५ कास्य पदक सहित कुल १२० पदक हात पार्दै तेस्रो स्थानमा छ । गण्डकी प्रदेशले १६ स्वर्ण १५ रजत र ३० कास्यसहित ६१ पदक हात पार्दा बागमती प्रदेशले १५ स्वर्ण, २८ रजत र ३१ कास्य सहित कुल ७४ पदक जितेको छ ।

सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ४ रजत, २० कास्य सहित ३२ पदक, एनआरएनएले ७ स्वर्ण, ७ रजत ४ कास्य सहित १८ पदक, मधेश प्रदेशले ५ स्वर्ण, ७ रजत र ११९ कास्य पदक सहित ३१ पदक, प्रदेश १ ले ३ स्वर्ण १६ रजत र ३२ कास्य सहित ४९ पदक जितेका छन् ।

त्यसैगरी, लुम्बिनी प्रदेशले ३ स्वर्ण, १२ रजत र २२ कास्य सहित ३७ र कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत, ७ कास्य पदक सहित ६ पदक हात पारेको छ । असोज २८ बाट औपचारिक उद्घाटन भएको खेलको भोलि समापन हुनेछ। प्रतियोगितामा सातवटा प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन विभागीय र एक गैर आवासीय नेपाली सङ्घ (एनआरएन) गरी कुल ११ टोली सहभागी छन् ।

४ सय ४ स्वर्ण, उति नै रजत पदक र त्यसभन्दा दोब्बर बढी कास्यका लागि प्रतिस्पर्धा भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->