सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सफ्ट टेनिस मिक्स डबल्समा प्रदेश १ लाई स्वर्ण

सफ्ट टेनिस मिक्स डबल्समा प्रदेश १ लाई स्वर्ण


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०७९, बुधबार

पोखरा/ पोखरा रंगशालास्थित टेनिस कोर्टमा बुधबार सफ्ट टेनिस प्रतियोगिता सम्पन्न भएका छ । प्रतियोगितामा प्रदेश १ का युकेश योञ्जन र श्रेया योञ्जनको जोडीले ५–२ को सेटमा बागमती प्रदेशका प्रदीप खत्री र जर्जीयाँ चौधरीको जोडीलाई पछि पार्दै स्वर्ण जितेको हो ।

प्रतियोगितामा बागमतीले रजतमा चित्त बुझाउनु प¥यो । नेपाल पुलिसका कमल भण्डारी र विष्णा भण्डारी साथै एपीएफका हरकसिंह धामी र भगवती विकले काँस्य पदक प्राप्त गरे ।
यसअघि मंगलबार सफ्ट टेनिस डबल्सतर्फको दुई स्वर्ण विभागीय टोली नेपाल प्रहरी र एपीएफले बाँडेका थिए ।

पुरुषतर्फ पुलिसका नरबहादुर लुङगेली र कमल भण्डारीको जोडीले, महिलातर्फ एपीएफका भगवती बि.क.र समृद्धि महर्जनको जोडीले स्वर्ण दिलाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->