पोखरा /नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ४ गुणा १०० मिटर रिले पुरुषतर्फ शिवराज पार्कीसहितको एपीएफ टिमले स्वर्ण जितेको छ । पोखरा रंगशालमा आज (बुधबार) बिहान शिवराजसहित निरप्रताप महतो, आशिष चौधरी र चन्द्रबहादुर पुलामी सम्मलित एपीएफ टोलीले ४२.४४ सेकेन्ड टाइमिङ निकाल्दै स्वर्ण जितेको हो ।
शिवराजले यसअघि १०० मिटर पुरुषतर्फ पनि स्वर्ण जितेका थिए । उनको स्वर्ण संख्या दुई पुगेको छ । रिलेमा जीवन चौधरी, विवेक थारु, युवराज बिक, डिल्ली महतो सम्मलित आर्मीले ४२।६० सेकेन्ड टाइमिङसहित रजत जितेको छ ।
लुम्बनी प्रदेशका सिमान पाण्डे, सुजल डाँगी, रोशन थारु र तुलसीराम थारु सम्मलित टिमले ४४।३८ सेकेन्ड टाइमिङ सहित कांस्य पदक जितेको छ ।





