सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पुलिसलाई हराउँदै एपीएफले जित्यो महिला भलिबलको स्वर्ण

पुलिसलाई हराउँदै एपीएफले जित्यो महिला भलिबलको स्वर्ण


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०७९, बुधबार

बेनी/नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलतर्फ विभागीय टोली नेपाल एपीएफ क्लबले स्वर्ण जितेको छ । म्याग्दीको बेनीमा बुधबार भएको फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई ३/१ को सेटमा पराजित गर्दै एपीएफले स्वर्ण जितेको हो ।

एपीएफले पहिलो सेट २५/१९ ले जित्दै खेलमा अग्रता बनाएको थियो । प्रतिस्पर्धात्मक दोस्रो सेट ३०/२८ ले आफ्नो पक्षमा पारेपछि एपीएफले २/० को अग्रता बनाएको थियो । तेस्रो सेटमा पुलिसले पुनरागमन गर्दै टाइब्रेकमा २६/२४ ले आफ्नो पक्षमा पारेको थियो । तर चौथो सेट २५/१९ ले आफ्नो पक्षमा पार्दै एपीएफले स्वर्ण पक्का गरेको हो ।

महिला भलिबलमा बागमती प्रदेशले कांस्य पदक जितेको छ । बुधबारै बिहान भएको खेलमा गण्डकी प्रदेशलाई ३/१ को सेटमा पराजित गरि बागमतीले कांस्य जितेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->