सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

त्रिभूवन आर्मी तेक्वान्दो आइटिएफमा उत्कृष्ठ

त्रिभूवन आर्मी तेक्वान्दो आइटिएफमा उत्कृष्ठ

आर्मीले १३ स्वर्ण, ८ रजत र ३ कास्य गरी २४ पदक पाएर प्रथम स्थान हासिल गरेको हो ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३ २०७९, बिहिबार

बागलुङ/बागलुङमा संचालन भएको नवौं राष्ट्रिय खेलकुँद प्रतियोगिता बुधवार सम्पन्न भएको छ । बागलुङमा आयोजित आइटिएफ प्रतियोगितामा नेपाली सेनाको त्रिभूवन आर्मी क्लब सबैभन्दा धेरै पदक जितेर प्रथम भएको छ ।

आर्मीले १३ स्वर्ण, ८ रजत र ३ कास्य गरी २४ पदक पाएर प्रथम स्थान हासिल गरेको हो । हरेक खेलमा आर्मीले उत्कृष्ठ खेल देखाएको थियो । प्रतियोगितामा बागमती प्रदेशले ६ स्वर्ण ३ रजत र ३ कास्य गरी १२ पदक पाएर दोश्रो भयो भने ५ स्वर्ण, ७ रजत र २ कास्य गरी १५ पदक पाएर तेस्रो भयो ।

प्रतियोगितामा प्रदेश नम्बर १ ले ३ स्वर्ण, २ रजत र ५ कास्य पदक जित्यो । लुृम्बिनीले १ स्वर्ण, ४ रजत र ८ कास्य पदक हात पारेको छ । सशष्त्र प्रहरीको एफिएपले १ स्वर्ण ३ रजत र २ कास्य पदक जित्दा कर्णालीले २ रजत र २ कास्य पदक जितेको छ । बिभागीय टिम पुलिसले ४ कास्य पदक मात्रै पायो । मधेश प्रदेशले १ कास्यमा चित्त बुझाउँदा सुदुरपश्चिम पदक बिहिन बन्न पुग्यो ।

बुधवार पनि तीन वटा एकल स्पाइरिङ तथा दुइवटा समूह स्पाइरिङका खेल भएका थिए । ७०–८० केजी तौल समूहको पुरुष स्पाइरिङ खेलमा आर्मीका भीमबहादुर तामाङले स्वर्ण पदक जिते । सशष्त्रको एपीएफका सन्जेसकुमार तामाङले रजत पदक पाए । उक्त खेलमा प्रदेश १ का डिलन राइ र गण्डकीका मिथुन घर्तीमगरले कास्य पदक पाएका छन् । ८१–८५ तौल समूहको खेलमा प्रदेश नंं १ का बिरबहादुर तामाङले स्वर्ण पदक जिते । उनले गण्डकीका सोमबहादुर गुरुङलाई जिते । गुरुङले रजत पदकमा चित्त बुझाए । उक्त खेलमा बागमतीका राजेश बस्नेत र मधेसका सुवास चौधरीले कास्य पदक पाए । ८५ केजी भन्दा माथीको खेलमा गण्डकीका राजन रसाइलीले स्वर्ण पदक पाएका छन् । उनले आर्मीका सुदिप आचार्यलाई पराजित गरे । आचार्यले रजत पदकमा चित्त बुझाए । उक्त खेलमा प्रदेश १ का संदिप तामाङ र बागमतीका समिर श्रेष्ठले कास्य पदक पाए ।

पुरुष तर्फ ७२–७५ केजी तौल समूहको खेलमा प्रदेश नंं १ का रोशन मगरले स्वर्ण पदक पाए । उक्त खेलमा आर्मीका गेडबहादुर बस्नेतले कास्य पदक पाएका थिए । उक्त खेलमा कर्णालीका महेन्द्र बुढाथोकी र पुलिसका जीवन घर्ती मगरले कास्य पदक पाए । बुधवारै भएको पुरुष समूह स्पाइरिङमा आर्मीले स्वर्ण पदक जित्दा बागमती प्रदेशले रजत पदकमा चित्त बुझायो । महिला समूह स्पाइरिङमा बागमतीले स्वर्ण र आर्मी रजत पदक पायो ।

बुधवार बेलुकी आयोजित भब्य कार्यक्रममा प्रतियोगितामा पदक बिजेता खेलाडीलाई पुरस्कार र मेडल बितरण गरियो । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले खेलाडीलाई प्रमाणपत्र, पदक र मेडल बितरण गरे । उनले देशकै नाम राख्न सक्ने खेलाडीलाई आफ्नो नगरमा स्वागत र पुरस्कृत गर्न पाएको भन्दै खेल क्षेत्रमा अझैबढी प्रगती गर्न आग्रह गरे । उनले ओलम्पिक खेलाडी भगवती केसीलाई नगरपालिकाले मासिक भत्ता दिन थालेको भन्दै उत्कृष्ठ खेलाडीहरुलाईपनि सम्मान र पुरस्कृत गर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->