सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

प्याराग्लाइडिङ नियमित उडान सुरु

प्याराग्लाइडिङ नियमित उडान सुरु


  • ढोरपाटन संवाददाता
  • कार्तिक ७ २०७९, सोमबार

पोखरा/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका दौरान प्याराग्लाइडिङ खेलमा खेलाडीको मृत्यु भएपछि बन्द गरिएको प्याराग्लाइडिङको उडान सुचारु गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको असोज ३० गतेको निर्णयअनुसार स्थगित भएको प्याराग्लाइडिङ उडानलाई थप नियमित, सुरक्षित तथा व्यवस्थित बनाउँदै उडान सुचारु गर्ने निर्णय गरेको हो । फ्लाइट सेफ्टी स्ट्याण्डर्डस विभागबाट असोज ४ गते प्याराग्लाइडिङका लागि नेपाली आकाश सुरक्षित रहेको र प्याराग्लाइडिङ सुचारु गर्नका लागि प्रतिवेदनसहित नेपाल हवाई खेलकुद संस्था (एनएए) लाई प्राधिकरणलेपत्राचार गरेको थियो । नेपाल हवाई खेलकुद संस्थाले प्रतिवेदनमा उल्लेख भएका विषयलाई १५ दिनभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपनि हाललाई स्थगित भएको उडान सुचारु गरिएको फ्लाइट अपरेशन्स महाशाखा उप–प्रबन्धक विनय गिरीले जानकारी दिए ।

प्याराग्लाइडिङ खेलमा सहभागी नेपाली आर्मीका निसिम थापाको दुर्घटनामा परि शनिबार ज्यान गएको थियो । सोही दुर्घटनाको केही समयलगत्तै क्यानले देशभरि नै अनिश्चितकालीन रुपमा प्याराग्लाइडिङ उडानमा नै रोक लगाएको थियो । खेलाडीको मृत्युभएपछि खेल रद्द गरी अभ्यास खेलालाई आधिकारिक मान्दै पदकको छिनोफानो समेत भएको छ ।

थापाको स्मृतिमा पोखरा रंगशालामा अर्धकदको सालिक स्थापना गरिने भएको छ । बुधबार भएको बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ११५औं बोर्ड बैठकले खेलका दौरान ज्यान गुमाउने खेलाडीको सम्मानस्वरुप सालिक स्थापना गर्ने निर्णय गरेको हो । थापाको मृत्युपश्चात सरकारले सम्मानस्वरुप स्वर्ण पदक र २५ हजार नगद उनका परिवारलाई प्रदान गरेको छ ।

अभ्यास खेललाई नै आधिकारिक मान्दा आर्मी र गण्डकीले समान ३÷३ स्वर्ण प्राप्त गरेका थिए । जसअनुसार क्रसकन्ट्रीमा गण्डकीको टिमले स्वर्ण पदक जितेको छ । खेलाडी विजय गौतम, सुशिल गुरुङ, शेरबहादुर गुरुङ र युकेश गुरुङ सम्मिलित गण्डकीको टिमले कुल २७५० अंकसहित स्वर्ण पदक हात पारेको छ ।

विभागीय टिम नेपाल आर्मी क्लबले क्रस कन्ट्रीमा रजत पदक जितेको छ । कुल २५५५.९ अंसहित आर्मीले रजत पदक जितेको हो । टिममा सुरज थापा, विजय दाहाल, निसिम थापा र विशाल जलारी सहभागी थिए । सोही टिमका निसिम थापाको दुर्घटनाकै कारण असोज ३० गते मृत्यु भएको थियो ।त्यस्तै, बागमती प्रदेश क्रसकन्ट्रीमा कास्य पदक हात पारेको छ । कास्य जितेको बागमती प्रदेशको टिममा कृष्णबहादुर सुनुवार, मोहनकुमार सुनुवार, विशाल लामा र भवन आचार्य सहभागी थिए । उनीहरुले कुल २१४८.३ अंक प्राप्त गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->