पोखरा/ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता पुस दोस्रो साता हुने भएको छ । सहारा क्लब पोखराले आयोजना गर्दै आएको प्रतियोगिताको २२ औँ संस्करण पुस १२ देखि २३ गतेसम्म हुने जानकारी दिएको हो ।
आयोजक सहाराले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले मिति दिएसँगै प्रतियोगिताको तयारीमा जुटेको बताएको छ । प्रतियोगितामा ए डिभिजन क्लब, विभागी टोली र विदेशी गरि १२ टोली सहभागी हुने सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ (सुरज)ले बताए ।
गतवर्ष भएको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफले जितेको थियो ।एपीएफले मनाङ मस्र्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै पहिलो पटक आहा रारा गोल्डकपको उपाधि उचालेको थियो ।





