सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

खेलकुद परिषद गण्डकीका सदस्य सचिव गुरुङको बिदाई

खेलकुद परिषद गण्डकीका सदस्य सचिव गुरुङको बिदाई


  • ढोरपाटन संवाददाता
  • मंसिर १३ २०७९, मंगलबार

पोखरा/ प्रदेश खेलकुद परिषद गण्डकीले एक कार्यक्रमको आयोजना गरी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङलाई बिदाई गरेको छ ।

गण्डकी प्रदेश सरकारले खेलकुद विकासका लागि गठन गरेको परिषदमा गुरुङले सदस्य सचिव पदमा रहेर करिव १८ महिना नेतृत्व सम्हाल्दै गत असोज २५ गते उमेर हदका कारण अवकाश पाएका थिए । परिषदका उपाध्यक्ष धोजकुमार गुरुङको प्रमुख आतिथ्यतामा भएको बिदाइ कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरुङले सदस्य सचिवको उत्कृष्ट नेतृत्वका कारण नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले उत्कृष्टता हासिल गर्न सफल भएको बताए ।

संस्थापक सदस्य सचिव गुरुङले सबैको सहयोग र सदभावका कारणले नै नवौं राष्ट्रिय खेलकुदमा २९ वर्ष पछि उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको बताए । कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ,परिषदका सल्लाहकार एवं अग्रज खेलाडी खड्गबहादुर रानाभाट,परिषदका सदस्य सचिव घनश्याम पौडेललगायतले बोलेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->