स्याङ्जा /जिल्लाको क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै रहेको छ । उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) उम्मेदवार पद्माकुमारी अर्यालभन्दा दुई हजार चार सय १८ मतले अगाडि छन् ।
केहीबेर अघिसम्मको मत गणनाअनुसार कांग्रेस उम्मेदवार गुरुङले एघार हजार नौ सय २० मत प्राप्त गर्दा एमालेकी अर्यालले नौ हजार पाँच सय दुई मत ल्याएकीछन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले पाँच हजार एक सय ९२ मत प्राप्त गरेका छन् । कुल ७० हजार एक सय ९१ मत खसेको क्षेत्र नं २ मा हालसम्म २८ हजार पाँच सय ८३ मत गणना भएको छ ।




