पोखरा/ खेलाडी भेषमा पोखरा आएका कमल थापा १९ औं माछापुच्छ«े पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९ को फाइनलमा पुगेका छन् । ५५ वर्षभन्दा माथिको उमेर समूहमा साथी झ्याम्पा ढुण्डुपसँगै मैदानमा कमलले अब फाइनलमा अनिल तुलाचन र विनोद कायस्थसँग प्रतिस्पर्धा गर्नेछन् ।
यता, मेन्स सिंगल्सतर्फ नेपालका नं १ खेलाडी प्रदीप खडकाले आयूष्मान हजुर घलेविरुद्ध सोझो सेटमा जित निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् । प्रदिपले ६–२, ६–१ ले उनलाई पराजित गरेका थिए । त्यस्तै प्रनभ मानन्धरले राजविर प्रधानलाई ६–२, ६–२ ले, सौगात विकले अभिनव आचार्यलाई ६–४, ६–२ ले, रितिक रानाले आशिष खड्कालाई ६–२, ६–२ ले, निशान श्रेष्ठले प्रेम नोर्वुलाई ६–२, ६–० ले, अकि जुवेन रावतले निर्मल मगरलाई ६–१ र ६–२ ले, प्रनभ खनालले यूगेन शेर्पालाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएका छन् ।





