स्याङजा / वालिङ खेलमैदानमा पुस ३० गतेबाट प्रथम वालिङ गोल्डकप फुटबल २०७९ हुने भएको छ । वालिङ युनाइटेड फुटबल क्लबले खेलाडी उत्पादन, खेलमैदान निर्माण र जेष्ठ नागरिक सम्मान गर्ने उदेश्यले नकआउट गोल्डकप फुटबलको आयोजना गरेको हो ।
माघ ७ गतेसम्म संचालन हुने प्रतियोगितामा ए डिभिजनका नेपाल आर्मी, सशस्त्र प्रहरीसहित एभिनर क्लब क्यामरुन, सहारा क्लब पोखरा, केभिए ग्लोबल केएफसी चितवन, लिस्नु क्लब रुपन्देही, अयोजक रातो र नीलो गरी आठ टिमको सहभागिता रहने खेलाडी तथा आयोजक लक्ष्मण रुचालले जानकारी दिए ।
गोल्डकपमा प्रथमले पाँच लाख र द्धितीयले साढे दुई लाख हात पार्ने उनले बताए । हरेक वर्ष प्रतियोगिता आयोजना गर्ने गरी वालिङका खेलप्रेमीको छलफलले पहिलो पटक गोल्ड कप फुटबल गर्न लागेको खेलाडी लक्ष्मण रुचालले बताए । प्रतियोगितामा उत्कृष्ट खेलाडीले १५ हजार पाउँदा बेष्ट डिफेण्डर, फरवार्ड, मिड फिल्डर, गोलरक्षकले १०÷१० हजार नगद पाउने छन् ।
३४ लाख ६० हजार खर्च हुने अनुमान गरिएको प्रतियोगितामा म्यान अफ् दि म्याचले पाचँ हजार पाउनेछ ।





