बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

तस्विरमा जैमिनी मेलाको रौनक

तस्विरमा जैमिनी मेलाको रौनक


  • ढोरपाटन संवाददाता
  • माघ ३ २०७९, मंगलबार

बागलुङ/ परम्परागत जैमिनी मेला पालिका मुकाम कुश्मीशेरा बजारमा चलिरहेको छ । जैमिनी ऋषिको तपोभुमी बागलुङको कुश्मीशेरामा रहेको जैमिनी धाममा परापूर्वकालदेखि हुँदै आएको माघेसक्रान्ति व्यापार मेलालाई केही वर्षदेखि परिमार्जन गरी मेला तथा महोत्सवका रुपमा मनाउन थालिएको हो ।

२०४८ साल पहिले जैमिनी ऋषिले तपश्या गरेर ज्ञान आर्जन गरेको थलो जैमिनी धाममा साविक पश्चिमाञ्चल क्षेत्रकै ठुलो व्यापार मेलाका रुपमा यो मेला सञ्चालन हुने गरेको थियो । मेला २०४९ सालदेखि कुश्मीशेरा बजारमा सरेको थियो ।

सहारा क्लव कुश्मीशेराको आयोजना र जैमिनी नगरपालिकाको समन्वय तथा सहयोगमा मेला सुरु भएको हो । पुसको २९ गतेदेखि विभिन्न खेलकुद प्रतियोगिता सुरु भइसकेको मेलाको आइतबार गण्डकी प्रदेशसभा सदस्य तथा नेकपा एमालेका पोलिटव्युरो सदस्य लीलबहादुर थापाले उद्घाटन गरे ।

मेलाको उद्घाटन गर्दै थापाले बागलुङ दक्षिण क्षेत्रको प्रमुख व्यापार मेलाको रुपमा रहेको मेलालाई युवाहरुले खेलकुद र संकृतिसँग जोडेको बताए । उनले जिल्लाको दक्षिण क्षेत्र भौगोलिक हिसावले सदरमुकाम र प्रदेश सदरमुकामबाट नजिक रहेर पनि पूर्वाधार निर्माणका हिसावले दुर्गम रहेको बताए । जिल्लाको समग्र विकासका लागि राजनीतिक दलहरुका बीचमा एकमत हुनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठकले बागलुङको विकासका लागि केही पूर्वाधार निर्माणको काम थालनि भइसकेको भन्दै वर्तमान जनप्रतिनिधिलाई निर्माणाधीन कामलाई पूर्णता दिन आग्रह गरे ।

गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले निर्वाचनका समयमा गरेका प्रतिवद्धता अनुसार नै आफूले काम थालेको बताए । उनले पूर्वाधार विकास मात्रै विकास नभएको भन्दै मानवीय, आर्थिक र सामाजिक विकासलाई सँगै लैजानुपर्नेमा जोड दिए ।

जैमिनी नगरपालिकाका उपप्रमुल हरिहर शर्माले जिल्ला सदरमुकामदेखि पालिका मुकाम जोड्ने सडक नै तत्काल बनाउनै पर्ने अवस्थामा रहेको बताए । उनले नगरले बनाएका योजनामा सहयोग गर्न संघ र प्रदेशसरकारलाई आग्रह पनि गरे ।

मेलामा पालिकास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता महिला भलिवल प्रतियोगिा, जैमिनी डान्स आइडल, कृषि मेला प्रदर्शनी, शैक्षीक प्रदर्शनी लगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको सहारा क्लवका अध्यक्ष सुरेश सुनारले बताए । मेला माघ पाँच गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->