शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आयोजक वालिङ नीलोलाई वालिङ गोल्डकपको उपाधि

आयोजक वालिङ नीलोलाई वालिङ गोल्डकपको उपाधि


  • ढोरपाटन संवाददाता
  • माघ ८ २०७९, आइतबार

स्याङ्जा/ आयोजक वालिङ युनाइटेड फुटबल क्लब नीलोले प्रथम वालिङ गोल्डकप फुटबल २०७९ को उपाधि जितेको छ । वालिङ खेलमैदानमा शनिबार भएको फाइनल खेलमा विदेशी टिम एभिनर फुटबल क्लब क्यामरुनलाई ट्राइबेकरमा ४–३ गाले अन्तरले पराजित गर्दै आयोजक नीलोले उपाधि चुमेको हो ।

प्रतिस्पर्धात्मक खेलको निर्धारित र अतिरिक्त समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा क्याम्रुनका दुई खेलाडीले गोल गर्न चुक्दा पहिलो प्रतियोगितामै आयोजक नीलो उपाधि जित्न सफल भएको हो । आयोजक नीलोका सुबास गुरुङ, बिस्वास श्रेष्ठ, टिकराज गुरुङ, विष्णु थापाले गोल गर्दा क्यारुनका एम्बुमी जिन, निम्बस स्टेफेन, बिले फ्रेक डेनिलले गोल गरे ।
ट्राइबेकर क्यारुनका गुनी मेरी डेनिलको बल आयोजकका गोलकिपर राजाबाबुले बचाउँदा एडोभ रोमानीको बल गोल पोष्ट बाहिरिएको थियो । आयोजक नीलोका क्याप्टेन लक्ष्मण रुचाल गोल गर्नबाट चुके पनि उनको टिम भने भाग्यमानी सावित भयो ।

गोल्डकप जित्न सफल आयोजक निलोले पाँच लाख, कप, मेडल र प्रमाणपत्र हात पार्दा उपविजेतमा बनेको क्यामरुन दुई लाख ५० हजारमा चित्त बुझाएको हो । पुस ३० गतेबाट संचालन भएको प्रतियोगितामा उत्कृष्ठ खेलाडी निलोका विश्वास श्रेष्ठले १० हजार प्राप्त गरे । यस्तै बेष्ट डिफेण्डर आशिष गुरुङ, फरवार्ड टिकराज गुरुङ, मिडफिल्डर कमल थापा, बेष्ट कोच दिलीप थापा र सर्वाधिक गोलकर्ता टिम्बा टिम्बेले सात÷सात हजार नगद पाउँदा बेष्ट गोलरक्षक र म्यान अफ दि म्याच राजाबाबु श्रेष्ठले ११ हजार नगद प्राप्त गरे ।

प्रतियागितामा विजेता तथा उपविजेता टिमलाई वालिङ नगरपालिका प्रमुख कृष्ण खाँणले नगद तथा कप मेडल प्रदान गरे । प्रतियोगितामा ए डिभिजनका नेपाल आर्मी, सशस्त्र प्रहरी सहित सहारा क्लब पोखरा, केभिए ग्लोबल केएफसी चितवन, लिस्नु क्लब रुपन्देही, आयोजक रातो र नीलोसहित आठ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->