शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

वालिङ खेल मैदानमा हेलिकप्टर अवतरण गर्ने पाइलट निलम्बित

वालिङ खेल मैदानमा हेलिकप्टर अवतरण गर्ने पाइलट निलम्बित


  • ढोरपाटन संवाददाता
  • माघ १० २०७९, मंगलबार

पोखरा / स्याङ्जाको वालिङस्थित खेल मैदानमा हेलिकप्टर अवतरण गर्ने प्रभु हेलिकप्टरका पाइलट रनेश डंगोललाई नागरिक उड्डयन प्राधिकरणले निलम्बित गरेको छ।

माघ ५ गते वालिङस्थित खेल मैदानमा खेल भइरहेकै अवस्थामा बिनाअनुमति हेलिकप्टर अवतरण गरेको ठहर गर्दै पाइलट डंगोललाई कारबाही गरिएको प्रधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

‘अहिलेलाई पाइलटलाई ग्राउन्डेड गरिएको हो। कति समयलाई भन्ने अहिले तोकिएको छैन। अर्को व्यवस्था नभइञ्जेललाई हो,’ निरौलाले भने, ‘अब पाइलटलाई सोधपुछ र छानबिन गरेपछि के गर्ने भन्नेबारे अर्को सूचना जारी गर्छौं।’

उनले अहिले पाइलट डंगोल घाइते भएपछि आराम गरिरहेको हुँदा ठिक भएपछि अनुसन्धानको काम सुरू गर्ने जनाए। डंगोल उक्त घटनामा स्थानीयको कुटाइबाट घाइते भएका थिए ।

पाइलट डंगोलमाथि कुटपिटमा संलग्न ६ जनालाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ।

माघ ५ गते दिउँसो साढे २ बजेतिर प्रभुको हेलिकप्टरमा पाइलट डंगोल तीन जना यात्रु लिएर पोखराबाट वालिङका लागि उडेका थिए। सोही क्रममा हेलिकप्टर वालिङस्थित खेल मैदानमा खेल भइरहेकै अवस्थामा अवतरण गरेको थियो।

पछि अनुसन्धानको क्रममा हेलिकप्टर कुनै अनुमतिबिना अवतरण गरिएको पाइएपछि प्राधिकरणले कारबाही प्रक्रिया अगाडि बढाएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->