बागलुङ/ पोखारमा हुने दोस्रो राष्ट्रिय बहिरा सेभेन ए साईड फुटवल प्रतियोगितामा सहभागि हुने खेलाडीहरुलाई बागलुङ बहिरा संघ बागलुङले बिदाइ गरेको छ । माघ २० गतेदेखि २३ गतेसम्म पोखरा रंगशालामा हुने फुटवलकालागि जिल्लाबाट छनोट भएका खेलाडीलाई बिदाई गरिएको हो ।
खेलाडीकालागि आवश्यक बन्दोबस्तीका सामग्रीसहित बिदाई गरिएको संघका अध्यक्ष सन्तोष पौडेलले बताए । बागलुङ बहिरा संघको तर्फबाट अफिसियलसहित १० जना खेलमा सहभागि हुँदैछन् ।
बागलुङका खेलाडीकोलागि धवलागिरी बहिरा आवासीय माध्यमिक विद्यालय बागलुङले २५ हजार रुपैयाँ सहित सवारी साधन र खेलाडी पोसाक सहयोग गरेको छ । त्यस्तै मुस्ताङकी अस्मिता थकालीले दशहजार रुपैयाँ, चितवनकी सम्झना क्षेत्री र मुस्ताङका शरन थकालीले ६÷६ हजार रुपैयाँ, बागलुङ बहिरा संघ र कञ्चनपुरका बिनु मल्लले पाँच हजार रुपैयाँ सहयोग गरेका छन् । २८ हजार रुपैयाँ नगदसहित पोषाक र सवारीसधान निशुल्क उपलव्ध भएकाले खेलाडीको व्यवस्थापन सहज हुने पौडेलले बताए ।





