सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङ नगरस्तरीय राष्ट्रपति कप सुरु

बागलुङ नगरस्तरीय राष्ट्रपति कप सुरु


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ८ २०७९, सोमबार

मार्चपास र अन्य क्रियाकलापभरी विद्यार्थीलाई मैदानमा उभ्याइएको थियो । कतिपयले उक्त कार्य बाल अधिकारको विरुद्ध भएको टिप्पणी गरेका छन् ।

बागलुङ/ बागलुङ नगरपालिकाको आयोजनामा ५ औं राष्ट्रपति कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । आइतबार नगरप्रमुख बसन्तकुमार श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्दै आजका युवा बिदेश पलायन हुनुपर्ने अवस्था अन्त्यका लागि खेलको बिकास महत्वपूर्ण आधार भएको बताए । उनले बागलुङ नगरलाई खेलको गन्तव्य बनाउने र खेलबाटै युवाहरुले भविष्य देख्ने अबस्था सिर्जना गर्न प्रतियोगिताहरु आवस्यक भएको बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले विद्यार्थी जीवनमा अनुशासनको महत्व बढाउन खेल क्षेत्र आवस्यक भएको बताइन् । उनले खेलकुदलाई मानव जीवनको महत्वपूर्ण अंग बनाउन सकेमा आम नागरिकमा अनुशासनको बिकास हुने समेत धारणा राखिन् ।

आइतबारबाट सुरु भएको खेलको पहिलो चरणमा छात्रछात्रा तर्फको १ हजार ५ सय मीटर दौड प्रतियोगिता सम्पन्न भएको छ । जसअन्र्तगत आदर्श बिद्यामन्दिरका अनुप घर्ती क्षेत्री प्रथम, सिगाना माबि तित्याङका रबि बिक द्वितीय, गणेश माविका हरि रोका तृतिय र अमर आदर्श माबिका रिनम परियार सान्त्वना भएका थिए ।

छात्रातर्फको १ हजार ५ सय मिटर दौडमा बिद्यामन्दिर माबिकी ज्ञानुदेवी रोका प्रथम भइन् । त्रिभूवन माबि पैयुँपाटाकी सम्झना पौडेल द्वितिय, जनताधन माबिकी अनुषा पौडेल तृतीय र सिद्धार्थ शिक्षा सदनकी एन्जिला लिम्बु सान्त्वना भइन् ।

आइतबारै सुरु भएको भलिबल प्रतियोगितामा पृथ्वी हिरण्य मावि र अमर आदर्श मावि दोश्रो चरणमा प्रवेश गरेका छन् । पृथ्वी हिरण्यले रुद्रेपिपललाई २५–१४ र २५–१० को सोझो सेटमा पराजित गरेको हो । दोश्रो खेलमा अमर आदर्शले महाविद्याजन मावि रायडाँडालाई २७–२५ र २५–२१ को सेटमा पराजित ग¥यो ।

राष्ट्रपति खेलका लागि विद्यार्थीलाई लामो समय ¥याली तथा मार्चपासमा लगिएको थियो । कार्यक्रमको अतिथि बनेर गएका नेता तथा जनप्रतिनिधिहरु गाडी चढेर कार्यक्रमस्थल पुग्दा विद्यार्थी भने बागलुङ नगर परिक्रमा गरेर बाङगेचउरसम्म पैदल पुगेका थिए । मार्चपास र अन्य क्रियाकलापभरी विद्यार्थीलाई मैदानमा उभ्याइएको थियो । कतिपयले उक्त कार्यभने बाल अधिकारविरोधी भएको टिप्पणी गरेका छन् ।

उत्कृष्ट ¥याली प्रर्दशन गरेको भन्दै रुद्रेपिपल माबि र चिल्ड्रेन लाइफ मावि तथा उत्कृष्ट मार्च पास गरेको भन्दै लहरेपिपल माबि र सिद्धार्थ शिक्षा सदनलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा आइटिएफ र डब्लु टिएफ तेक्वान्दोका खेलाडीले प्याटन खेल प्रस्तुत गरेका थिए भने विभिन्न बिद्यालयका कलाकारले नृत्य प्रस्तुत गरे ।

खेलका लागि आएका प्रत्येक खेलाडीलाई खाजास्वरुप प्रतिविद्यार्थी १ सय रुपैयाँको दरले खाजाको व्यवस्थापन भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । खेलबाट बाहिरिएको बाहेक अद्यावधिक भएको खेलाडीलाई उक्त रकम दिइनेछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->