सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङ नगरले जित्यो राष्ट्रपति रनिङसिल्ड

बागलुङ नगरले जित्यो राष्ट्रपति रनिङसिल्ड


  • Dhorpatan News
  • फाल्गुन १६ २०७९, मंगलबार

बागलुङ/ बागलुङ नगरपालिका बागलुङले जिल्ला स्तरीय रनिङ्गसिल्ड प्रतियोगीता जितेको छ । बागलुङ नगरले १८ स्वर्ण, १३ रजत र १० कास्य पदक जित्दै उपाधीको रक्षा गरेको हो । यो जितसँगै बागलुङ नगरले रनिङसिल्ड आफ्नो पक्षमा लिएको छ । अर्काे वर्ष हुने रनिङसिल्डमा फेरि नयाँ सिल्डको व्यवस्थापन गर्नुपर्ने भएकोछ ।

लगातर तीन पटक कुनै स्थानीय तहले प्रतियोगीता जितेको खण्डमा रनिङ्सिल्ड सम्बन्धीत स्थानीय तहले सधैको लागि राख्न पाउने व्यवस्था रहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख भीमसेन शाक्यले जानकारी दिए ।

प्रतियोगीतामा सहभागी बडिगाड गाउँपालिकाले चार स्वर्ण, १० रजत र १७ काक्यसहित दोस्रो र ६ स्वर्ण, चार रजत र पाँच कास्य पदक जित्दै गलकोट नगरपालिका तेस्रो भएको छ । विजेता, उपविजेता र तेस्रो भएको स्थानीय तहलाई नगद क्रमशः १५, १० र ९ हजार रुपियाँ नगद प्रदान गरिएको खेलकुद विकास समितिका अध्यक्ष कुमार खडकाले जानकारी दिए ।

जिल्ला स्तरीय प्रतियोगीताको विभिन्न खेलमा सहभागी विद्यार्थीबाट उत्कृष्ट खेलाडी छनोट गरेर प्रदेश स्तरीय खेलकुद प्रतियोगीतामा सहभागी गराईने छ । प्रदेश स्तरी खेलकुदमा सहभागी हुने खेलाडीको व्यवस्थापन जिल्ला खेलकुद विकास समितिले गर्नेछ । जिल्ला स्तरीय खेलकुदमा सहभागी खेलाडीलाई सम्बन्धीत स्थानीय तहले व्यवस्थापनको काम गरेको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->