शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

केन्द्रको सेवा टोलटोलमा पु-याउदै चापाकोट

केन्द्रको सेवा टोलटोलमा पु-याउदै चापाकोट


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २० २०७९, शनिबार

स्याङ्जा/ झण्डै चार महिना प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको चापाकोट नगरपालिकाले आफ्नो सेवालाई टोलटोलमा पु¥याउने अभियान थालेको छ ।

नयाँ प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनाल नगरपालिकामा हाजिर भएपछि केन्द्रको सेवा प्रवाहलाई टोलटोलमा पु¥याउने अभियान पालिकाले अगाडी बढाएको हो । प्रशासकीय अधिकृत नहुँदा नागरिकका सिफारीसदेखि सामान्य कामको मात्रै सेवा प्रवाह गरेर बस्न बाध्य भएको नगरपालिकाले अधिकारी आएपछि अब कामको गति लिन थालेको हो ।

यहाँ विकासका योजना सम्झौतादेखि औषधि खरिद, कर्मचारी तलब, सामाजिक सुरक्षा भत्तालगायतका कामहरु ठप्प रहेको थियो । नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि स्थानीय सरकारले प्रवाह गर्नुपर्ने सबै सेवाहरु सुचारु भएको नगर प्रमुख देवबहादुर खाँण(ईश्वर) ले बताए ।

कार्यालय प्रमुख नहुमखमहिउम्दे अधिवेशनदेखि प्रदेश र संघीय सरकारसँग माग्नुपर्ने योजनामा समेत प्रभावित बनेको खाँणले बताए । अब रफतारमा नगरपालिकाको सबै काम अगाडी बढाउने बताउदै नगर प्रमुख खाँणले पहिलो चरणमा एकीकृत घुम्ति सेवा वडातहमा पु¥याउन
लागेको जानकारी दिए ।

अहिले नगरपालिकाले हरेक वडाका टोलटोलमा पुगेर नागरिकको स्वास्थ्य परिक्षण सहित योजना सम्झौता गर्ने काम अगाडी बढाएको हो । फागुन १५ गतेदेखि नगरपालिकाले एकिकृत घुम्ती शिविर सुरु गरेको हो भने योजना सम्झौता र स्वास्थ्य परिक्षणलाई पहिलो प्रथामिकतामा राखेर घुम्ति शिविर आयोजना गरिएको प्रमुख प्रसासकिय अधिकृत खनालले बताए ।सबै वडामा यो सेवा सकिएपछि कृषि, पशु र योजना अनुगमनलाई अगाडी सार्ने खनालले जानकारी दिए ।

नगरपालिकाको चार वडामा दिएको सेवाबाट ९३५ जना सेवाग्राही स्वास्थ्य परिक्षणबाट लाभान्वित भएका भने ९७ वटा योजना सम्झौता भएका छन् । सामान्य योजनाको काम सम्झौता गर्न ठूलो रकम खर्चेर केन्द्रमा धाउन र सामान्य रोग लागेमा अस्पताल सम्म धाउन समस्या बोक्दै यहाँका नागरिकघरदैलोमा पालिकाको सेवा पाएपछि खुलेर नगरपालिकाको प्रशंसा गरेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->