शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङजाको कोल्मामा क्रसकन्ट्री दौड हुँदै

स्याङजाको कोल्मामा क्रसकन्ट्री दौड हुँदै


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २१ २०७९, आइतबार

स्याङजा/ स्याङजाको कोल्मामा फागुनको २६ गते तेश्रो संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा हुने उक्त प्रतियोगिताको तयारी तीब्र पारिएको छ । ‘स्वास्थ्यका लागि दौड : राष्ट्रका लागी दौड’ भन्ने मुल नाराका साथ कोल्मा क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चका अध्यक्ष सुवेदार मेजर जीतबहादुर गुरुङले बताए ।

स्याङजाको पुतलिबजार नगरपालिका वडा नम्बर ९ को कोल्मा बहाकोटसहित, तनहुँको शुक्लागण्डकी र बिरुवा गाँउपालिकालाई समेटेर उक्त क्षेत्रमा रहेको सांस्कृतिक तथा ऐतिहांसिक पक्षहरुलाई उजागर गर्ने उद्देश्यले क्रसकन्ट्री दौडको आयोजना गरिएको उनको भनाइ छ । दौडसँगै स्थानीय कला, संस्कृतीको प्रदर्शन र होमस्टे साँझ समेत उक्त कार्यक्रममा समेटिने छ ।

२० किलो मिटर खुल्ला पुरुष र २१ वर्ष मुनिका १० किलोमिटर पुरुष गरी दुई विद्यामा सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागीहरुले कोल्मा बराहचौरदेखी, काहुले, डाँडास्वारा, नाम्चे, काल्खु, तनहुको शुक्ला गण्डकी नगरपालिका ११ बिसाउना, विरुवा गाउपालिकाको खुदी, मड्किना हुदै कोल्मा बराहचौरमा पुग्नुपर्नेछ ।

प्रतियोगितामा खुल्ला पुरुषतर्फ प्रमथ हुनेले नगद ३५ हजार, मेडल र प्रमाण पत्र, द्वितीय हुनेले नगद २५ हजार, मेडल र प्रमाण पत्र र तृतीय हुनेले नगद २० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछनभने २१ वर्ष मुनिका पुरुष १० किलोमिटर दौडतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश नगद १५ हजार, १० हजार र ७ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा १० औ स्थान सम्म आउने प्रतियोगीहरुलाई मेडल र प्रमाण पत्रले सम्मान गरिने मञ्चका महासचिव मनबहादुर थापा मगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->