शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

साविक विजेतालाई कोल्मा बहाकोट तेश्रो क्रस कन्ट्री दौडको उपाधि

साविक विजेतालाई कोल्मा बहाकोट तेश्रो क्रस कन्ट्री दौडको उपाधि


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २७ २०७९, शनिबार

स्याङजा/ डिफेन्डिङ च्याम्पियन भारतिय सेनाका अनिस थापा मगरले तेश्रो संस्करणको सात सय कोल्मा बहाकोट क्रस कन्ट्रि दौड प्रतियोगिताको उपाधि जितेका छन । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजना र कोल्मा बहाकोट समाज यु.के.को मुख्य प्रायोजन र स्याङजा समाज युकेको सह प्रायोजनमा सम्पन्ने क्रस कन्ट्री दौडमा फलेबास २ थापाठाना पर्वतका अनिस थापा मगरले निर्धारित २० किमि दुरी १ घण्टा ४ मिनेट ३६ सेकेण्डमा पार गर्दै प्रतियोगिताको उपाधि हात पारेका हुन । उपाधी संगै थापाले नगद ३५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा नेपाल आर्मीका खेवराज बस्नेतले निर्धारित दुरी १ घण्टा ६ मिनेट ५६ सेकेण्डमा पार गर्दै दोश्रो स्थान हासिल गरे । बस्नेतले दोश्रो स्थान सहित नगद २५ हजार, मेडल र प्रमाण प्रत्र प्राप्त गरे । त्यसैगरी प्रतियोगितामा आर्मीकै सुवास कार्कीले निर्धारित दूरी १ घण्टा ८ मिनेट १३ सेकेण्डमा पार गर्दै तेश्रो स्थान हासिल गरे । कार्कीले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

त्यसैगरी २१ वर्ष मुनिको १० किलो मिटर पुरुष दौड प्रतियोगिताको उपाधी सिरानचोक २ हर्मी गोर्खाका सन्दिप ढकालले हात पारे । निर्धारित दूरी ४३ मिनेट ३० सेकेण्डमा पार गर्दै ढकालले उपाधी हात पारेका हुन । उपाधी संगै ढकालले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी गोर्खाकै दिनेश बोगटीले निर्धारित दूरी ४४ मिनेट २० सकेण्डमा पार गर्दै दोश्रो स्थान हासिल गरे । बोगटीले नगद १० हजार मेडल र प्रमाणपत्र प्राप्त गरे ।

रुकुम पुथाउत्तरगंगाका मनोज रोका मगरले निर्धारित दुरी ४६ मिनेट ५ सेकेण्डमा पार गर्दै तेश्रो स्थान हासिल गरे । तेश्रो स्थान हित रोका मगरले नगद ७ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा १० उत्कृष्ट भित्र आउनेलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने । १० किलो मिटर दौड पार गर्ने दुईजना महिला धाविकालाई विशेष सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->