शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

भिरकोट मोहनडाडाँमा हेलिप्याड

भिरकोट मोहनडाडाँमा हेलिप्याड


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३० २०७९, मंगलबार

स्याङ्जा/भीरकोट नगरपालिका वडा नं ८ मोहनडाँडामा पालिकाकै पहिलो हेलिप्याड निर्माण गरिएको छ ।
पालिका ५० हजार र वडा कार्यालको एक लाख ५० हजार गरी दुई लाख लागतमा पालिकाको पहिलो आधिकारिक हेलिप्याड निर्माण गरिएको हो । यहाँको पुतलीबजार ३ कुमाल गाउँमा आर्मीको एक आधिकारिक हेलिप्याड रहेको छ । नवनिर्मित हेलीप्याडको गण्डकी प्रदेश सरकारका पूर्वशिक्षामन्त्री मेखलाल श्रेष्ठले उद्घाटन गरे । आपतकालीन उद्दारका लागि ठाउँ भएता पनि आधिकारिक हेलिप्याड निर्माण हुन नसक्दा बिरामी उद्धारमा समस्या थियो ।

ग्रामीण सडकमा यात्रुहरू अझै पनि जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेकाले भैपरी आउने दुर्घटना र अन्य जोखिमपूर्ण अवस्थामा उद्दार गर्न हेलिप्याडको निर्माण गरिएको वडाध्यक्ष नन्दलाल खनालले बताए । हेलिप्याड बनेसँगै यहाँ पहिलो पटक सिम्रिकको हेलिकोप्टर अवतरण समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->