बागलुङ / क्रिकेट खेलमार्फत आफ्नो पहिचान बनाई राष्ट्रको इज्जत उचा बनाउन सफल सुवास भण्डारीलाई काठेखोला गाउँपालिकाले ५० हजार नगदसहित सम्मान गरेको छ ।
राष्ट्रिय टोली यू–१९ का सदस्य भण्डारीको गृह पालिकाका अध्यक्ष राजु थापाले सोमवार उनलाई ५० हजार नगदसहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् । भण्डारी काठेखोला गाउँपालिका–१ पालाका स्थायी वासिन्दा हुन् ।
यू–१९ विश्वकप छनोटमा नेपाललाई विश्वकपसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेलेकोले पालिकाले भण्डारीलाई सम्मान गरेको गाउँपालिकाका अध्यक्ष थापाले वताए । नगद थोरै भएपनि भण्डारीलाई आगामी यात्रा थप मनोबल बढोस भनेर सम्मान गरिएको थापाले वताए । ।
गाउँपालिकाले खेल क्षेत्रसमेत प्राथमिकता राखेर काम गरिरहेको सन्दर्भमा काठेखोलामा जन्मेर नेपालको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रियस्तरमा खेलमार्फत देशको नाम राख्न सफल भएकाले खेलाडीलाई सम्मान गर्नु पालिकाको दायित्व भएको पालिकाका उपाध्यक्ष तेजवहादुर थापा तिलकले वताए ।
काठेखोला गाउँपालिकाका कला, संस्कृति तथा खेलकुद संयोजक टिका संगम विकको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले स्वागत र सूचना अधिकारी मनोज कार्कीले सञ्चालन गरेका थिए ।





