बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

स्वर्णिम : कांग्रेस नेतृत्वसँग पहिल्यै असन्तुष्ट !

स्वर्णिम : कांग्रेस नेतृत्वसँग पहिल्यै असन्तुष्ट !

तर, वैकल्पिक शक्तिप्रति पनि सकरात्मक थिएनन् ।


  • ढोरपाटन संवाददाता
  • चैत्र १७ २०७९, शुक्रबार

पोखरा/ नेपाली कांग्रेसबाट पटक–पटक राजनीतिक नियुक्तिको अवसर प्राप्त अर्थशास्त्री हुन्, स्वर्णिम वाग्ले । योजना आयोगको सदस्य र उपाध्यक्ष बनेका वाग्ले अघिल्लो चुनावमा कांग्रेसको टिकटबाट चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्न चाहन्थे । तर, उनलाई टिकट दिइएन । चुनावताका उनले घोषणापत्र लेखेर कांग्रेसलाई नै सघाए । उनै वाग्लेले बिहीबार एकाएक नेपाली कांग्रेस छाडेको घोषणा गरे । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट आउँदो वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारीका साथ उनले कांग्रेस छाडेका हुन् ।

कांग्रेस छाड्दा सभापति शेरबहादुर देउवा र पत्नी आरजू देउवामाथि विषवमन गरेका वाग्ले धेरै अघिदेखि देउवा क्याम्पसँग रुष्ट थिए । गएका मंसिरको चुनावताका पोखरा आउँदा उनले एउटा अनौपचारिक कार्यक्रममा देउवाप्रति असन्तुष्टि त जाहेर गरेका थिए तर पार्टी नै त्याग्ने कुरा भने गरेका थिएनन् ।

उनले भनेका थिए,‘ मेरो चेतनाले, ७०÷८० देश हेरेको, यत्रो अध्ययन ५० वर्ष पुग्न लागिसकेको उमेरले निकालेको निष्कर्ष के हो भने, आजको विन्दुमा (सायद पाँच वर्षपछि मेरो भ्यु चेञ्ज पनि हुनसक्छ) चाहिँ स्थापित पुराना पार्टीहरुमा नै छिरेर सकिने हदसम्मको सुधार गर्नको लागि पहल गर्ने हो । चुनौती त हामीलाई थाहा छँदैछ । तर, ‘ग्लामर अफ होप’ पनि छँदैछन् है ।

यही गगन र विश्वप्रकाशको उदाहरण होपफुल होइन ? यस्तो बुढो पार्टीमा सारा शक्ति, संसार लाग्दा पनि खोसेरै, लडेरै, भिडेरै महामन्त्री भए नि त । त्यसैले आशा पनि छ ।

तर, यही टिकट वितरणकै प्रक्रिया हेर्दाखेरि कसरी बाँडिए, ककसलाई केके शर्तमा बाँडिए भन्दाखेरि घिन पनि लाग्छ । तर, यो एउटा पाठ पनि हो । अब आन्तरिक पार्टीमा पनि प्राइमरि इलेक्सनमा जानुपर्छ । टाउके नेताहरुले टिकट बाँड्ने सिस्टम त एउटा अप्रजातान्त्रिक नै भइहाल्यो, अब प्राइमरिमा जाऔँ ।

यसको सशक्त उदाहरण ऋषि सुनक हुन । ३५ वर्षमा राजनीतिमा लागेको मान्छे पाँच वर्षमा अर्थमन्त्री र सात वर्षमा प्रधानमन्त्री भए । यी सब हुनुको पछाडि ओपन प्राइमरी इलेक्सन सिस्टम हो ।
शेरबहादुर देउवाले जस्तो त्यहाँ पनि बोरिस जोन्सनले टिकट बाँड्ने भएको भए ऋषि सुनकले टिकट पाउँथ्यो त ? त्यसकारण नेपाली माटो सुहाउँदो केही गर्नुपर्छ ।’
उनले त्यो बेला प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्ने धारणा राख्दै भनेका थिए,‘

सांसद मन्त्री बन्न नपाउने सिस्टममा बहस खुला गर्नुप¥यो । कांग्रेस खाली संसदबाट नै मन्त्री बनाउने हो, यो सिस्टमलाई चलाउन हुँदैन भन्ने छ । रामचन्द्र पौडेलले त्यहि कुरा गर्नुहुन्थ्यो । विपीले भनेको यही हुनुपर्छ भन्नुहुन्छ । म अब प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको बारेमा नयाँ बहस थालनी गर्नेछु । यसको नकारात्मक असर पनि थाहा छ । श्रीलंका, फिलिपन्स, अमेरिकामा ट्रम्पले धन्नै बिताइदिएनन । यसका गल्ती पनि थाहा छन् ।’

उनले गएको मंसिरमा टिकट नपाउँदाको असन्तुष्टिसँगै वैकल्पिक शक्तिको बारे धारणा राख्दै अगाडि भनेका थिए,‘टिकटमा अहिले म आफै पनि होमिएँ । तर, टिकट दिएनन ।
स्वतन्त्रको मुभमेन्ट आयो नि । हाम्रो पोजिसन के हो भन्दा अहिले तीन तप्काबाट हेर्न सकिन्छ अहिलेको राजनीतिलाई ।

एउटा यथास्थिथिमा रमाएकाहरुले ठीक छ, यही हो भन्छन । सानो माइनरिटी भएतापनि उनीहरु पावरफुल छन । क्याप्चर गरेर बसेका छन ।
दोश्रो, यो सिस्टम घिनलाग्दो भइसक्यो, अब हामी वैकल्पिक राजनीति गर्नुपर्छ, नयाँ फोर्सबाट जाने हो भन्ने । नेपालमा अब अलिकति समाजशास्त्रको कुरा पनि आउँछ । समाजशास्त्र भनेको खालि भोट लिएर रुल मेकानिजम गर्नेमात्र होइन रहेछ ।

पश्चिममा त परिपक्वता आइसकेको छ । हाम्रोमा त वडाध्यक्षले लेखिदिने सिफारिसका लागि पनि दलमा आबद्धता चाहिन्छ । फरक पार्टीको पर्नुभयो भने त्यो सिफारिस पनि पाउनुहुन्छ । गाउँगाउँतिर पेलानमा पार्छन ।
भनेपछि, प्याट्रनिक नेटर्वक जुन बन्यो नि पोलिटिक्समा । अब यसलाई विस्तारै चिर्दै जानुपर्छ । हाम्रो चेतनाको स्तर, आर्थिक अवस्थाका कारण पनि यस्तो हुन पुगेको हो ।
तेश्रो विकल्प के हो भने, यो फोहोरी आहालमा हाम फालेर आफै सफा गर्ने हो । हामी चाहिँ त्यो क्याटागोरीका प¥यौँ ।

मलाई अस्ति धेरै गाली गरे । ‘किन स्वतन्त्र लड्ने आँट नगरेको भनेर’ । पछि त समाचार पनि आइसक्यो । केपी ओलीले पनि कन्फर्म गरे । गोविन्दजी (गोविन्दराज पोखरेल) लाई दाङ देउखुरीबाट, मज्जाले उहाँले जित्नुहुन्थ्यो । कांग्रेसको उम्मेदवार नभएको ठाउँ, एमालेले ब्याक गरेपछि त जितिन्थ्यो, कांग्रेसको भोट हामीलाई नै आउँथ्यो ।मलाई काठमाडांै ७ बाट ओलीले अफर गर्नुभएको थियो । तर, हामी गएनौँ ।‘एकथान सांसद त बनिन्थ्यो, उहाँ र म दुवै सांसद हुन्थ्यौँ, नोभेम्बर २२ देखि हामी सांसद हुन्थ्यौँ । तर, गएनौँ । कारण के भन्दाखेरि, ‘एकथान सांसद बनेर के काम ?’

उनी अगाडि भन्छन्,‘वैकल्पिक राजनीतिको कुराहरुमा अहिलेलाई, रविन्द्र मिश्र मेरो एकदम नजिकको साथी हो । लण्डनमा ऊ बिबिसीमा म लण्डन स्कुल अफ इकोनोमिक्समा पढ्थेँ । चुनाव हारेपछि उसलाई राजीनामा दिन लगाएको मैले नै हो ।
उसले मलाई २० वर्षदेखि नै अब यसरी हुँदैन, अब छुट्टै तरिकाले अगाडि बढ्नुपर्छ भनेका थिए । तर, मैले मानिन । विवेकशील साझाले उधुमै मच्चाएर गभर्निङ पार्टी पनि बन्न सक्थ्यो होला नि त । त्यतिबेला थुक्क गएको भए हुनेरहेछ भन्ने लाग्थ्यो होला ।

तर, मेरो चेतनाले, ७०/८० देश हेरेको, यत्रो अध्ययन ५० वर्ष पुग्न लागिसकेको उमेरले निकालेको निष्कर्ष के हो भने, आजको विन्दुमा (सायद पाँच वर्षपछि मेरो भ्यु चेञ्ज पनि हुनसक्छ) चाहिँ स्थापित पुराना पार्टीहरुमा नै छिरेर सकिने हदसम्मको सुधार गर्नको लागि पहल गर्ने हो । चुनौती त हामीलाई थाहा छँदैछ । तर, ‘ग्लामर अफ होप’ पनि छँदैछन् है ।

यही गगन र विश्वप्रकाशको उदाहरण होपफुल होइन ? यस्तो बुढो पार्टीमा सारा शक्ति, संसार लाग्दा पनि खोसेरै, लडेरै, भिडेरै महामन्त्री भए नि त । त्यसैले आशा पनि छ ।
तर, यही टिकट वितरणकै प्रक्रिया हेर्दाखेरि कसरी बाँडिए, ककसलाई केके शर्तमा बाँडिए भन्दाखेरि घिन पनि लाग्छ । तर, यो एउटा पाठ पनि हो । अब आन्तरिक पार्टीमा पनि प्राइमरि इलेक्सनमा जानुपर्छ । टाउके नेताहरुले टिकट बाँड्ने सिस्टम त एउटा अप्रजातान्त्रिक नै भइहाल्यो, अब प्राइमरिमा जाऔँ ।

यसको सशक्त उदाहरण ऋषि सुनक हुन । ३५ वर्षमा राजनीतिमा लागेको मान्छे पाँच वर्षमा अर्थमन्त्री र सात वर्षमा प्रधानमन्त्री भए । यी सब हुनुको पछाडि ओपन प्राइमरि इलेक्सन सिस्टम हो ।
शेरबहादुर देउवाले जस्तो त्यहाँ पनि बोरिस जोन्सनले टिकट बाँड्ने भएको भए ऋषि सुनकले टिकट पाउँथ्यो त ? त्यसकारण नेपाली माटो सुहाउँदो केही गर्नुपर्छ ।

शेरबहादुर देउवा लण्डन स्कुल अफ इकोनोमिक्सको रिसर्च फेलोको रुपमा प्रचारित छन । त्यो गलत हो ।
उहाँ चाहिँ पञ्चायत छिर्न थाल्यो भनेर डराएर किसुनजी (कृष्णप्रसाद भट्टराई) ले महेश आचार्य र
०३६ सालको बहुदल पछि मन्त्री बन्ने हल्ला चलेको मलाई याद छ । चिरञ्जीवी वाग्ले, महेश आचार्य, रामचन्द्र पौडेल, शेरबहादुर देउवाहरुलाई म चिन्छु । ०३६ सालमा नै बहुदल आउँछ र मन्त्री बन्छु भन्ने पुस्ता हो । बहुदल नआएपछि अर्जुननरसिंह केसी, परशुनारायणहरु पञ्चायत छिरे । हारेर ०४२ सालसम्म उनीहरु पुगे । ०४२ मा सत्याग्रह मा पनि हार खाए । ०४२ सालमा रुख चिन्ह पाएको भए पञ्चायतबाट चुनाव लड्न गिरिजाप्रसाद कोइराला पनि तयार थिए । किसुनजी र गणेशमानले मान्नुभएन ।

त्यतिबेला राजा पनि अनुदार । जनवर्गीय संगठनको सदस्यता लिनुपर्ने भनेको हुनाले, नभए एउटै चिन्हमात्र देऊ, जनवर्गीय संगठनको सदस्य हुन पर्दैन भनेको भए कांग्रेस पार्टी नै त्यतिबेला रहँदैनथ्यो । गिरिजाबाबुको होल टिम नै शेरबहादुर लगायत सबै पञ्चायतमा छिर्थे ।
सत्याग्रह पछि पनि धेरै नेताहरुलाई होल्ड गर्न गाह्रो भयो ।

सुदुपश्चिमको त्यत्तिको नेता भएपछि शेरबहादुर देउवालाई त्यो पृष्ठभूमिमा बेलायत पठाइयो । उहाँ पढ्न गएको होइन, जोगिन गएको हो । तर, उहाँलाई रिसर्च फि स्टाटस भनेर विपीका साथीहरुले फन्डेड गरिदिएका थिए । देउवाले त्यहाँ पुस्तकालय प्रयोग गर्न पाउने र एउटा प्राध्यापक असाइन गरे पुग्थ्यो । ती असाइन गर्ने प्रोफेसर चाहिँ प्रख्यात थिए । रिसर्च फि स्टाटसको लागि फन्डेड थिए । ६/७ महिना पुस्तकालय प्रयोग ग¥यो, प्रोफेसरलाई भेट्यो, त्यत्ति हो ।
लण्डन स्कुल अफ इकोनोमिक्सको ग्राजुअट, रिसर्च फेलो होइनन । नेपालमा बहुदल आइसकेपछि पनि देउवा लण्डनमा नै बसिरहेका थिए । त्यसपछि नै नेपाल फर्केका हुन् ।

अर्को, आन्तरिक पार्टीको कुरा ।
२०३६ सालदेखि आमाले हातमा डो¥याएर लगेर ‘हामीले त निलोमा हाल्ने हो बाबु’ हो भन्या मलाई याद छ । ०४२ सालको सत्याग्रहदेखिको मलाई सबै थाहा छ । आफ्नै काकाहरु जेल बसेको, किन जेल लगेको भनेर बुझ्न खोज्दा मेरो घरमा साप्ताहिक विमर्श आउँथ्यो ।
प्रनेकाका महामन्त्री गिरिजाप्रसाद कोइराला भनेर तस्वीर आउँथ्यो, ०४२÷४३ सालमा ।यो प्रनेका भनेको के हो भनेर सोध्दा, प्रतिबन्धित नेपाली कांग्रेस भन्ने जवाफ आयो । त्यो जमानादेखिको कांग्रेस हो म । ०४६ देखि त म आफै पनि सक्रिय भएँ । देशविदेश हुँदा पनि सक्रिय भएँ । मैले आजको कांग्रेस चिन्दिन ।

त्यो ढ्यापढ्याप गर्ने हो, मन्त्री बन्न पाइँदैन । ठुलो परिवर्तन गर्न पाइँदैन । अब त हाम्रो क्यापिटल लिमिटेड छ । एकचोटि अवसर पाउने हो के हामीजस्तो मान्छेले ।
त्यसपछि त यसले पनि केही गरेन भन्छन भनेर बरु त्यो संचित गरेर राखौँ, अझै जगेर्ना गर्रौँ, जोगाऔँ । पछि राम्रो प्रधानमन्त्री भएको, हाम्रै पुस्तकाका गगन थापाहरु टाइपका प्रधानमन्त्री भएको बेलामा त्यस्तो क्याबिनेटमा गएर ३÷४ वर्ष …. म त क्लियर छु । मैले यो देशमा ड्याम्म हान्न पाउने मौका भनेको मिनिमन तीनवर्ष होला, म्याक्सिमम पाँच वर्ष ।
त्यो पूँजी जोगाउनु प¥यो नि त । अहिले नबिग्रने, पोलुटेड नहुने । जितेर गएपछि शेरबहादुर देउवाको क्याबिनेटमा बसेर के नै गर्न सकिएला ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->