सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

औपचारिक थालनी भयो बागलुङमा जेसीज कप फूटबल

औपचारिक थालनी भयो बागलुङमा जेसीज कप फूटबल


  • ढोरपाटन संवाददाता
  • बैशाख १८ २०८०, सोमबार

बागलुङ/बागलुङ जेसीजले आयोजना गर्ने ‘अर्ना जेसीज कप २०२३’को औपचारिक शुरुवात भएको छ । बाङगेचउर स्थित खेल मैदानमा हुने खेल बर्षातका कारण शुरु हुन नसकेपछि जेसीजले आइतवार खेलको शिल्ड र ट्रफी सार्वजनिक गरेर खेल शुरु भएको जनाएको हो ।

आइतबार आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले कार्यक्रम शुभारम्भ गरे । उनले युवाहरुलाई बिकृतिबाट बचाउन खेल क्षेत्रको महत्वपूर्ण योगदान रहेको भन्दै स्थानीय सरकारले खेल क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राखे ।

जेसीज भनेको युवाको नेतृत्व क्षमता बढाउने संस्था भएको भन्दै खेल प्रतियोगिता मार्फत युवालाई रचनात्मक क्षेत्रमा लाग्न प्रेरित गर्ने, अनुशासन सिकाउने र राष्ट्रकालागि दक्ष नागरिक बनाउने काम गर्नुपर्ने बताए । राजनीतिक क्षेत्रमा समेत अनुशासनको आवस्यकता रहेकोले खेलक्षेत्रले सक्षम नागरिक उत्पादन गर्ने बताए ।

बागलुङ जेसीज २०२३ का अध्यक्ष सौरभ श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष सौरभ खत्रीको स्वागत र महासचिव अन्जिला श्रेष्ठको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत दिनेश शर्मा, जिल्ला खेलकुँद बिकास समितिका अध्यक्ष कुमार खड्का, बागलुङ उद्योग बाणिज्य संघका द्वितीय उपाध्यक्ष संजय श्रेष्ठ लगायतले खेल प्रतियोगिताको शुभकामना दिएका थिए । ११ टिमले भाग लिने खेल सोमबार बिहानदेखि संचालन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->