सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

चिल्ड्रेनविरुद्व वीर गोर्खालीको सनसनीपूर्ण जित, उपाधिका लागि श्री मेयरसंग भीड्ने

चिल्ड्रेनविरुद्व वीर गोर्खालीको सनसनीपूर्ण जित, उपाधिका लागि श्री मेयरसंग भीड्ने


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०८०, शुक्रबार

बागलुङ /  दुई गोलको अग्रता जोगाउन नसक्दा उपाधि दाबेदार मानिएको चिल्ड्रेन लाइफ स्पोर्टस् क्लब अर्ना जेसिज कप फुटबल प्रतियोगिताको सेमीफाइनलबाटै बाहिरिएको छ । पहिलो हाफमा २ गोलले पछि परेको अवस्था उल्ट्याउँदै आक्रमक खेल खेलको वीर गोर्खालीले ५ मिनेटमा ३ गोल गर्दै संघर्षपूर्ण जित निकाल्यो ।

र गोर्खालीले अब उपाधिका लागि श्री मेयर गणसँग शुक्रबार प्रतिष्पर्धा गर्ने छ । बिहिबार भएको दोस्रो सेमीफाइनल खेलमा चिल्ड्रेनका दिवस छन्त्यालले पहिलो हाफको २४ औं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिएका थिए । तनावपूर्ण बनेको खेलमा खेलाडिबीच विवाद सिर्जना हुँदा रेफी कविरमान गुरुङले पहिलो कार्ड प्रयोग गर्नुप¥यो ।

वीर गोर्खालीका टिम म्यानेजर प्रदिप श्रीस, खेलाडी मिलन साङत्यान, सशिल थापा, एलक्स र बीरमास, चिल्ड्रेन गोलरक्षक सौगात मल्ल, नेक्शम थापा र होवीनले पहेलो कार्ड पाए ।
पहिलो हाफको ४२ औं मिनेटमा चिल्ड्रेनका नाइजेरियन स्ट्राइकर जोन ग्लोरीले गोल गर्दै टिमको अग्रता दोब्बर बनाएका थिए ।

दोस्रो हाफमा आक्रमक खेल खेलको वीर गोर्खालीले पाँच मिनेटमा ३ गोल गर्दै चिल्ड्रेनमाथि सनसनीपूर्ण जित निकाल्यो । वीर गोर्खालीको जितमा मिलन साङत्यानले ७२ र ७६ औं मिनेटमा दुई गोल गरेभने सुशिल थापाले ७४ औं मिनेटमा गोल थप्दै टिमको जित सुनिश्चित गरे ।

यसअघि भएको पहिलो सेमीफाइनल खेलमा कालीपुल युनाईटेड क्लब बेनीलाई १–० गोलले पराजित गर्दै श्री मेयर गणले फाइलमा प्रवेश गरेको छ । श्री मेयरको जितमा लेफ्ट विङगर दिशान्त राईले ६३ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । खेलमा कालीपुल युनाईटेड र श्री मेयरका खेलाडिले गोल गर्ने थुप्रै अवसर पाए पनि खेर फालेका थिए ।

प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रतियोगिताका उत्कृष्ट खेलाडि, गोलरक्षकलगायत पाँच अलग-अलग विधिामा खेलाडीलाई सम्मान तथा पुरस्कार वितरण गरिने प्रतियोगिताका मुल संयोजक सौरभ खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->