सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

अर्ना जेसिज कप फुटबलको उपाधि श्री मेयर गणलाई

अर्ना जेसिज कप फुटबलको उपाधि श्री मेयर गणलाई


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०८०, शुक्रबार

बागलुङ/ अर्ना जेसिज कप फुटबल प्रतियोगिताको उपाधि नेपाली सेनाको श्री मेयर गण घोडाबाँधेले जितेको छ । शुक्रबार बाङेचौर खेल मैदान सम्पन्न फाइनल खेलमा वीर गोर्खाली युवा क्लबलाई १–० गोलले पराजित गर्दै श्री मेयर गण विजेता बनेको हो ।

श्री मेयरको जितमा पिताम्बर घर्ति मगर नायक बने । पहिलो हाफको ३० औं मिनेटमा प्रकाश निरौलाको पासमा पिताम्बर घर्ति मगरले चेस गोल गरेका थिए । सेमीफाइनलमा चिल्ड्रेन स्पोर्टस् क्लबविरुद्व २–० गोलको नतिजा उल्टाउँदै ३–२ गोलको सनसनीपूर्ण जित निकालेको वीर गोर्खाली श्री मेयर गणसामु निरीह बन्यो ।

गोलरक्षक, डिफेन्स र मिडफिल्डमा अफ्रिकन खेलाडि उतारेको वीर गोर्खालीले फाइनल खेलमा कुनै जादु देखाउन सकेन । विजेता श्री मेयर गणले १ लाख ५० हजार र उपविजेता वीर गोर्खालीले ७५ हजार नगद, ट्रफी र मेडल प्राप्त गरेका छन् । फाइनल खेलमा मेन अफ द म्याचको उपाधि श्रीमेहरका पिताम्बर घर्तीमगर घोषित भएका थिए ।

प्रतियोगितामा ५ गोल गरेका चिल्डे«न लाइफ स्पोर्टस् क्लबका विङगर जोन ग्लोरीले हाई स्कोरर, श्री मेयर गणका विप्लव गुरुङले वेष्ट गोलरक्षक, विकास मगरले वेष्ट गोल, वीर गोर्खालीका सुशिल थापाले वेष्ट फरवार्ड, एलेक्सले वेष्ट मिडफिल्डर, जोन जुनियरले वेष्ट डिफेन्डर र कालीपुल युनाईटेड क्लब बेनीले फेयर प्लेको अवार्ड जितेका छन् ।

जेसीजले रचनात्मक क्रियाकलाप सहित हरेक बर्ष सप्ताह मनाउने गरेको थियो । त्यो बाहेक पहिलो पटक फुटबल प्रतियोगिता पनि आयोजना गरेर युवाहरुको मन जित्ने प्रयास गरेको अध्यक्ष सौरभ श्रेष्ठले बताए । बागलुङ जेसीजले आयोजना गरेको प्रतियोगिताको फाइनल हेर्न शुक्रवार बाङगेचउर खेल मैदानमा सयौं दर्शक उपस्थित थिए ।

बिजयी खेलाडी तथा उत्कृष्ठलाई बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ लगायतले पुरस्कार तथा टर्फी बितरण गरेका थिए । उत्कृष्ठ खेलाडीले पनि टर्फी सहित नगद पुरस्कार पाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->